घिरिङमा छातीरोग सम्बन्धी निशुल्क खोजपड्ताल शिविर हुने

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ २०

घिरिङ गाउँपालिका–५ स्थित कामधेनु माध्यमिक विद्यालयमा छातीरोग सम्बन्धी एक दिने निःशुल्क खोजपड्ताल स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय तनहुँ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाको संयुक्त आयोजनामा आगामी जेठ २२ गते शिविर सञ्चालन हुने भएको हो ।

उक्त शिविरमा आधुनिक प्रविधियुक्त एआई जडित डिजिटल एक्सरे मेशिनको प्रयोग गरी छातीरोग परीक्षण गरिने छ । साथै, रक्तचाप (प्रेसर) र रगतमा ग्लुकोजको मात्रा (सुगर) समेत परीक्षण गरिने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए ।

सो शिविरमा वडा नम्बर ५ तथा छिमेकी वडाका सबै स्थानीयहरुलाई समयमै उपस्थित भई स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले सूचना जारी गरी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता