बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस, तनहुँका सबै स्थानीय तहमा बिदा

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

बुधबार जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस । नेपाल सरकारले वि.सं २०६३ साल जेठ २१ गते सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेको स्मरणमा देशैभर भेदभाव तथा छुवाछुत विरुद्ध विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

यस अवसरमा बुधबार तनहुँको दमौलीमा संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा उत्सवको रुपमा यो दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ ।

उक्त दिवसको अवसरमा तनहुँका सबै स्थानीय तहले स्थानीय बिदा दिएका छन् ।  सबै स्थानीय तहले स्थानीय तह अन्तर्गतका कार्यालय, सम्पुर्ण वडा कार्यालय, विद्यालय तथा संघ संस्थामा सार्वजानिक बिदा दिएका छन् । स्थानीय तहले जातिय विभेद तथा छुवाछुत उन्मुलन सम्बन्धी सचेतना कार्यक्रम सन्चालन गर्न पनि अनुरोध गरेका छन् ।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प राखेको छ ।

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । यसको विरुद्धमा दृढतापूर्वक उभिई लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन सम्पूर्णलाई संवेदनशील हुन हार्दिक अपिल सहित जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध समाज निर्माण गर्न लाग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक