डेंगु नियन्त्रणका लागि भानुमा अभिमुखिकरण कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

भानु नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा डेंगु रोगको नियन्त्रण तथा रोगथामको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

मंगलबार भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख उमा गोतामे , प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडी, स्वास्थकर्मी, जनप्रतिनिधि, सामाजिक अगुवा, कर्मचारी, सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधी लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई डेंगु रोगको कारण, लक्षण, उपचार विधि र रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख त्रिपाठीले ‘डेंगु रोग नियन्त्रण सामूहिक प्रयासमार्फत मात्र सम्भव रहेको र नगरपालिकाले नियमित सरसफाइ अभियान, जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य संस्थासँग समन्वय गरेर यो कार्यलाई प्रभावकारी बनाउने प्रष्ट पारे । उप–प्रमुख उमा गोतामेले डेंगु नियन्त्रणका लागि समुदायले सरसफाइमा ध्यान दिनु पर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता