भिमादमा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

भिमाद नगरपालिका वडा नम्बर ७ मा महिला नेतृत्व तथा क्षमता विकास कार्यक्रम अन्तर्गत उद्घोषण तालिम सम्पन्न भएको छ । भिमाद नगरपालिका वडा नम्बर ७ को आयोजनामा हालै सन्चालन भएको सो तालीममा उद्घोषण, नेत्तृत्व विकास र महिला शसक्तिकरण सम्बन्धी विषयमा सिकाइएको थियो ।

वडा नम्बर ७ पोखरीछाप स्थित वडा कार्यालयको सभाहलमा सन्चालित उक्त तालिममा सम्पूर्ण टोल बाट प्रतिनिधित्व गरि ३० जना महिलाहरू सहभागी भएका थिए । महिलाहरूको क्षमता अभिवृद्धि, सशक्तिकरण, तथा व्यक्तित्व विकासका लागि लक्षित गरी दिइएको उक्त तालिममा पत्रकार अन्जान परियारले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

आइतबार आयोजित तालिमको समापन कार्यक्रममा भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र वितरण गर्दै, उक्त तालिमले महिलाहरूको क्षमता अभिवृद्धिमा ठूलो योगदान पु¥याएको बताए । उनले महिलाहरुमा आत्मविश्वास बढेको र अब उनीहरू आफ्नो विचार स्पष्ट र निर्धक्क रूपमा अभिव्यक्त गर्न सक्ने अवस्थामा पुगेको उल्लेख गरे ।े, ‘सिप सिकेर मात्र पुग्दैन, त्यसको निरन्तर अभ्यास पनि जरुरी छ’ नगरप्रमुख सुवेदीले भने ‘अभ्यासका लागि टोलटोलमा रहेका विभिन्न समितिहरूमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वदायी भूमिकामा आउनु आवश्यक छ ।’ मेयर सुवेदीले भिमाद नगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर, उद्यमशील र सशक्त बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी समेत दिए ।

वडा अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिमले सहभागी महिलाहरूमा व्यक्तित्व विकास, आत्मविश्वास बढे संगै सामाजिक, राजनीतिक, शैक्षिक तथा पेशागत क्षेत्रमा अझ सक्रिय र प्रभावशाली बनाउन मद्धत गरेको अध्यक्ष श्रेष्ठले बताए ।

यस्तैगरी, तालिममा सहभागी महिलाहरूले तालिमपश्चात आफूहरू हरेक परिस्थितिमा निर्धक्क भएर बोल्न र नयाँ कुरा गर्न सक्ने क्षमता वृद्धि भएको अनुभूति व्यक्त गरेका थिए । वर्तमान परिवेशमा महिलाहरूले आफ्नो व्यक्तित्व विकास गर्दै सामाजिक तथा राजनीतिक क्षेत्रतर्फ अघि बढ्न आत्मबल प्राप्त भएको जनाउँदै, तालिमको आयोजना गर्ने नगरपालिकाप्रति धन्यवाद समेत व्यक्त गरेका थिए । सो कार्यक्रमको सन्चालन वडा सचिव धना खड्काले गरेकी थिइन् भने वडा सदस्य कृष्ण कुमारी कँडेलले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र