ऋषिङका अग्नीपीडितलाई सहयोग

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । तनहुँ, जेठ २२

ऋषिङ्ग-७ पाेखरीभञ्ज्याङमा मंगलबार भएको आगलागीबाट पीडित शनिसरा आलेको परिवारलाई स्थानीयले सहयोग गरेका छन् । अग्नि पीडितको घाउमा मलम लगाउने सानो प्रयासस्वरूप केहि स्थानीयले सहयोग गरेका छन् ।

ऋषिङ-६ निवासी स्व. केशर बहादुर आलेको परिवारको तर्फबाट नगद २६ हजार र २ थान ब्ल्याङ्केटसहित १४ थान लत्ताकपडा, ऋषिङ-७ का स्व. भविलाल आलेको परिवारबाट नगद ५ हजार र ४ थान लत्ताकपडा, सोही ठाउँका नर बहादुर आलेको परिवारबाट नगद ७ हजार, ऋषिङ-७ का टिकाराम आलेले नगद १५ सय, भिमाद -५ मिछुर्लुङका स्व.विष्णुविर आलेको परिवारबाट नगद १५ हजार, ऋषिङ-७ का तिल बहादुर आलेले १ बाेरा चामल, तरकारी र भाँडाकुँडा तथा व्यास २ दमौलीको बिन्दु फेन्सीबाट २ थान कपडा उपलब्ध गराईएको छ ।

हालसम्म संकलित रकममध्ये १० हजार ४ सयको खाद्यान्न र भाँडाकुँडा किनेर दिईएको छ ।

वडा नम्बर ७ का अध्यक्ष दुर्गा बहादुर थापाको उपस्थितिमा उक्त राहत हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता