मधुवन सामुदायिक वनको जिविकोपार्जन र गरिबी निवारण कार्यक्रम

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १५

देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वनले गरिबी निवारण एवं जिविकोपार्जन कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा विपन्न वर्ग तथा फरक क्षमता भएका समूह सदस्यहरुलाई जिन्सि तथा राहत सहयोग वितरण गरिएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले मधुवन सामुदायिक वनले विभिन्न कार्यक्रम गरि जनताको मन जितेको बताए । सामुदायिक वनबाट प्राकृतिक स्रोत सदुपयोग गरि खाट वितरण गरेको कार्य उदाहरणीय रहेको थापाले बताए । सामुदायिक वनहरुको वन ऐन पास गरि पालिकाले साथ दिने अध्यक्ष थापाले बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशको सचिव केशवचन्द्र न्यौपानेले सामुदायिक वनको उदेश्य समुदायमा रहेको उपभोक्ताहरुको गरिबी निवारणलागि कदम चाल्नु पनि सामुदायिक वनको उदेश्य रहेको बताए । रानिवन सामुदायिक वनका अध्यक्ष टुकनाथ अधिकारीले वनले राम्रो गरे उपभोक्तालाई सेवा दिन सक्ने रहेछ भन्ने सन्देश मधुवनले दिएको बताए ।

सो कार्यक्रममा मधुवन सामुदायिक वनका अध्यक्ष डिल्लीराम गिरीले आगामिदिनहरु अझ राम्रो गर्दै गरिबी न्युनिकरणको लागि र फरक क्षमता भएका व्यक्तिहरुलाई सिपमुलक तालिमहरु दिने बताए । सो कार्यक्रममा २४ जना विपन्न वर्गका उपभोक्ताहरुलाई एउटा खाट र एउटा छाता वितरण गरिएको थियो भने फरक क्षमता भएको १९ जना उपभोक्तालाई छाता वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता