रोपाई महोत्सव गरि राष्ट्रिय धान दिवस मनाइयो

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

आइतबार राष्ट्रिय धान दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहमा रोपाई महोत्सवको आयोजना गरियो । व्यास, भिमाद, म्याग्दे, आबुँखैरेनी, बन्दिपुर व्यास, शुक्लागन्डकी नगरपालिकामा स्गानीय तह तथा विभिन्न संघ संस्थाको आयोजनामा रोपाई महोत्सको आयोजना गरियो ।

२२ औं धानदिवसको अवसरमा कृषि ज्ञानकेन्द्र तनहुँको आयोजनामा व्यास नगरपालिका वडा नम्बर ९ गजौडेमा रोपाइँ महोत्सवको आयोजना गरियो । उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगर पालिकाकाका प्रमुख बैकुण्ठ न्यौपाने, कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख गोपाल लामिछाने तथा वडा नम्बर ९ का अध्यक्ष सुरेश थापा लगायत सहभागी थिए ।

म्याग्दे गाउँपालिका वडा नम्बर ४ को थर्पुमा धान दिवस कार्यक्रम तथा विभिन्न खेलकुँद प्रतियोगिता आयोजना गरियो । उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको बताए । उनले बाँझो खेतबारीमा अन्न फलाउनुपर्ने र खाद्यमा आत्मनिर्भर बन्नुपर्ने बताए ।

सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, जिल्ला समन्वय समितिका सदस्य डोलबहादुर सुनार, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष मणिभद्र वाग्ले, वडा नम्बर ४ का अध्यक्ष दिपक श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बद्रीका भट्टराई लगायतले मन्तव्य राखको थिए । सो कार्यक्रममा महिला तथा पुरुष डोरी तान्न प्रतियोगिता आयोजना गरिएको थियो ।

जिल्लाका अन्य स्थानीय तहमा पनि विभिन्न संघ संस्थाको समन्वय र आयोजनामा आइतबार रोपाई महोत्सवको आयोजना गरि राष्ट्रिय धान दिवस मनाईएको थियो ।

सरकारले वि.सं २०६१ साल देखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालेको हो । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा पशुपन्छी मन्त्रालयको आयोजनामा देशभर असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालेको हो ।

यस दिनलाई किसानहरुले रोपाई महोत्सवका रूपमा समेत मनाउने गर्छन् । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गर्छन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण