बन्दीपुरको ‘बाख्रा साटासाट’ कार्यक्रमः विपन्न किसानलाई बाख्रा र बोका वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

बन्दीपुर गाउँपालिकाले विपन्न समुदायको जीवनस्तर उकास्ने र स्थानीय रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘बाख्रा साटासाट’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नम्बर १ अन्तर्गत आरुबोटे र बानियाटार क्षेत्रका २४ जना किसानहरूलाई बाख्रा, पाठा, उन्नत जातका बोका तथा निःशुल्क बीमा उपलब्ध गराइएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख मधुविलास न्यौपानेका अनुसार किसानहरूलाई प्रदान गरिएका बाख्रा र बोका एकदेखि डेढ वर्षभित्रमा फिर्ता गर्ने व्यवस्था गरिएको छ । हरेक किसानले अर्को किसानलाई एक–एकवटा पाठा फिर्ता गर्नु पर्नेछ, जुन गाउँपालिकाले नयाँ किसान समूहमा पुनः वितरण गर्नेछ । यसरी प्रत्येक वर्ष बाख्रा साटासाट कार्यक्रम निरन्तर सञ्चालन हुनेछ ।

गाउँपालिकाले प्रति कृषकलाई रु १० हजार बराबरको बाख्रा तथा प्रति उन्नत बियाड बोका रु ५० हजारको दरले सहयोग प्रदान गरेको हो । साथै, सबै बाख्राको बीमा निःशुल्क गरिएको छ । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार यो कार्यक्रमले विशेषगरी जनजाति, आदिवासी तथा दलित समुदायका विपन्न परिवारहरूलाई लक्षित गरेको छ । उपाध्यक्ष पञ्चमाया गुरुङले कार्यक्रमले समुदायका परिवारहरूलाई आत्मनिर्भर बनाउन र स्थानीय स्तरमा आयआर्जन तथा रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यसका अतिरिक्त गाउँपालिकाले निःशुल्क कुकुर बन्ध्याकरण, रेबिज रोग नियन्त्रणका लागि खोप, सम्पूर्ण पशुहरूमा निःशुल्क खोप सेवा, पूर्ण खोप, बाख्रापालन तथा बंगुरपालनसम्बन्धी तालिम, महामारी तथा आकस्मिक रोग विरुद्धको उपचार कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
पशुजन्य रोग मानिसमा सर्न सक्ने भएकाले गाउँपालिकाले विद्यालय स्तरमा सोबारे सचेतना शिक्षा पनि दिइरहेको छ । साथै, दुग्ध उत्पादनमा आत्मनिर्भरता बढाउने उद्देश्यले गाईपालनकर्ताहरूलाई उत्पादनको आधारमा दूधमा प्रति लिटर १.५ रुपैयाँ अनुदान प्रदान गर्ने कार्यक्रमसमेत सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता