२१२ औं भानु जयन्ती भव्य रुपले मनाईने

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

आदिकवि भानुभक्त आचार्यको २ सय १२ औं जन्म जयन्ती भब्य रुपमा मनाईने भएको छ । आदिकवि आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका ४ चुँदीरम्घामा विभिन्न कार्यक्रम गरि ३ दिनसम्म मनाईने भएको हो ।

कार्यक्रम अनुसार आगामी असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन प्रतियोगिता, काव्य–सन्ध्या, प्रभातफेरी र औपचारिक कार्यक्रम गरि मनाईने भएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको कार्यालय चुँदीरम्घामा विकास समितिका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, विकास समितिका पदाधिकारीहरु, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडा अध्यक्षहरु, वरिष्ठ लेखा अधिकृत नवराज लौडारी, लगायतको सहभागिता रहेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी अधिकृत एवं सदस्य सचिव कृपाहरि लौडारीले जानकारी दिए ।

आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई सप्तधामको रुपमा विकास गर्न राष्ट्रपति रामचन्द्र पौडेलले विशेष चासो राखेका कारण योजना अघि बढेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको