तनहुँ । असार १७
माध्यमिक शिक्षा परिक्षा (एसइई) व्यास नगरपालिकाका सामुदायिक विद्यालयका ७१.२८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । व्यास नगरपालिका शिक्षा शाखाका अनुसार व्यास नगरपालिकाका २३ वटा सामुदायिक विद्यालयबाट ८९५ जना विद्यार्थी एसइईमा सहभागी भएकोमा ६३८ जना उत्रिर्ण र २५७ जना अनुत्तिर्ण भएका छन् ।



उत्तिर्ण भएका मध्ये ३.६–४.० जिपिए ल्याउने १०५ जना, ३.२–३.६ जिपिए ल्याउने १७८ जना, २.८–३.२ जिपिए ल्याउने २२१ जना, २.४–२.८ जिपिए ल्याउने १२८ जना र २.०–२.४ जिपिए ल्याउने ६ जना रहेका छन् । व्यास नगरपालिकाका समुदायिक विद्यालय मध्ये सबैभन्दा धेरै जिपिए ल्याउने सत्यवती माविकी अन्विस्का शर्मा रहेकी छिन् । उनले ३.९८ जिपिए ल्याएकी छिन् । अनिवार्य अंगेजी विषयमा विद्यालयले दिने प्राक्टिकल नम्बर कम दिएको कारण उनी ४ जिपिए ल्याउनबाट बन्चित भएको उनका अभिभावकले आरोप लगाएका छन् । उनीसँगै अध्ययन गर्ने अधिकांश विद्यार्थीलाई प्राक्टिकल तर्फ २५ अंक दिएको विद्यालयले अन्विस्कालाई भने २२ अंक मात्र दिएको बुझिएको छ । विद्यालयको लापरवाही र पुर्वाग्रहको कारण अन्विस्का ४ जिपिए ल्याउनबाट बन्चित भएको उनका अभिभावकले बताए ।
व्यासका सामुदायिक विद्यालय मध्ये परिक्षामा ४ जना विद्यार्थी सहभागी भएको व्यास नपा ३ को महर्षी संस्कृत मावि र १० जना विद्यार्थी सहभागी भएको व्यास नपा १२ को सिद्धेश्वरी माविका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । व्यासमा सबैभन्दा धेरै सत्यवतीबाट ३१९ जना र सबैभन्दा कम महर्षी संस्कृत मावि र व्यास ७ को क्यामिनकोट माविका ४÷४ जना विद्यार्थी सहभागी थिए । क्यामिनकोट माविका भने कुनै पनि विद्यार्थी उत्तिर्ण भएका छैनन् । उक्त विद्यालय विद्यार्थी संख्या कम भएपछि चालु शैक्षिक सत्रबाट बन्द भईसकेको छ ।

शिक्षा शाखाका अनुसार वडा नम्बर १ को निर्मल माविका ७७.२७, निर्मल माविका खुल्ला तर्फको ५.५६, जलदेवी माविका ५७.१४, वडा नम्बर २ को सत्यवती माविका ९४.९८, बालमन्दीर माविका ५८.४९, वडा नम्बर ३ को शिव पन्चायन माविका ६६.६७, महर्षी संस्कृत माविका शतप्रतिशत, वडा नम्बर ५ को परासर माविका ९०.९१, उदय माविका ४५ र जनजुक्त शाही माविका ८२.७६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यसैगरि वडा नम्बर ६ को महेन्द्रज्योती माविका ४२.५०, इन्दु माविका ५६.२५, वडा नम्बर ७ को क्यामिन माविका ६४, क्यामिन कोट माविका शुन्य, वडा नम्बर ९ को माहेन्द्री माविका ५५.१७, वडा नम्बर १० को सर्वज्योती माविका ८१.२५, चण्डीदेवि माविका ८४.६२, शिव माविका ८१.२५, भानु माविका ६६.६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
यसैगरि वडा नम्बर ११ को बाराही माविका ४५, वडा नम्बर १२ को सिद्धेश्वरी माविका शतप्रतिशत, अमरज्योती माविका २५, वडा नम्बर १३ को जनजागृती गंगा माविका ६८ र वडा नम्बर १४ को केशवटार माविका ४० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
संस्थागत विद्यालय तर्फ व्यास १ को दमौली पब्लिक अंग्रेजी स्कुल, व्यास ५ को ग्रिनस्टार र व्यास १० को सतिश बोर्डीङ स्कुलका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । व्यास १ को मादीश्री बोर्डिङ भने निल खाएको छ । संस्थागत विद्यालयहरु मध्ये शान्तीवर्ष बोर्डिङ स्कुलकी स्नेहा गिरीले मात्र ४ जिपिए प्राप्त गरिन् ।
दमौलीमा रहेका बोर्डिङ मध्ये व्यास १ को न्यु मनकामना बोर्डिङका ९४.१२, तनहुँ ज्ञानगंगा माविका ९५.४५, इन्द्रेणी बोर्डिङका ७१.४३, दमौली पब्लिकका शतप्रतिशत, आदिकवि भानुभक्त माविका ७६.९२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । त्यसैगरि वडा नम्बर २ को व्यास बोर्डिङका ९३.६५ प्रतिशत, वडा नम्बर ३ को बाराही बोर्डिङका ८१.४८ र गोरखकाली बोर्डिङका ७९.१७ प्रतिशत, विद्यार्थी उत्तिर्ण भएका छन् ।

यसैगरि वडा नम्बर ४ को परासर माविका ८६.११, दमौली मोडल एकेडेमीका ८०, कन्काई बोर्डिङका ६९.२३, रामज्योती बोर्डिङका ७२.७३, दमौली माविका ६९.२३ र आदर्श विद्यागृहका ५७.१४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । वडा नम्बर ५ को शान्तीवर्षका ८४.८५ र ग्रिनस्टारका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । वडा नम्बर ७ को दोभान अंग्रेजी स्कुलका ८४.६२, वडा नम्बर १० को सतिश बोर्डीङ स्कुलका शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने वडा नम्बर ११ को ब्लुमिङ एकेडेमीका ८२.३५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
संस्थागत विद्यालयहरुबाट ४४५ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ७७ जना अनुत्तिर्ण भएका छन् । संस्थागत विद्यालयहरुबाट ८२.७० प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । सामुदायिक र संस्थागत दुबै तर्फबाट भने ७५.०७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।












