तनहुँ । असार १८
बन्दीपुरमा गाउँपालिका स्तरीय बाल सन्जाल गठन गरिएको छ । बुधबार गाउँपालिकामा आयोजित बाल सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रममा सञ्जय विक (पवित्रा मावि) को अध्यक्षतामा गाउँपालिका स्तरीय बाल सन्जाल गठन गरिएको हो ।



सन्जालको उपाध्यक्षमा स्मृति गुरुङ (सेतीगंगा आवि), सचिव दीपिया जैसी (भानु मावि), सहसचिव सञ्चिता अधिकारी (कालिका मावि) र कोषाध्यक्ष कृष्टी जिसी (विष्णु मा वि) रहेका छन् । त्यसैगरि सदस्यहरुमा इन्दु गुरुङ (अरुण मावि), अल्वीन थापा (जगदीश्वर आवि), समीप नेपाली (चन्द्रोदय आवि) र अञ्जली केसी (शिव मावि रहेका छन् ।
बन्दीपुर गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बाल सन्जालको महत्वको बारेमा मन्तव्य राखी बालबालिकालाई शुभकामना दिएका थिए ।












