आँबुखैरेनी गाउँपालिकाद्वारा कृषि बाली पात्रो विमोचन

Devghat Online

शेयर गरौ

तनहुँ । असार १८

आँबुखैरेनी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुँदै आएका १२ प्रमुख बालीहरूको वैज्ञानिक उत्पादन तालिका तथा जैविक प्रविधिको जानकारी समेटिएको ‘कृषि बाली पात्रो’ सार्वजनिक गरेको छ ।

गाउँपालिकाको कृषि शाखाको पहलमा तयार गरिएको सो पात्रोको उद्देश्य कृषकलाई सही समयमै बाली रोपाइँ, स्याहार, मल व्यवस्थापन, रोग नियन्त्रण तथा कटाइ–थन्काइसम्बन्धी समुचित जानकारी प्रदान गर्नु रहेको छ ।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसी ले बताए अनुसार, ‘यो पात्रोले कृषकहरूलाई मौसमअनुकूल खेती प्रणाली अपनाउन मद्दत पु¥याउनेछ । साथै, जैविक खेतीका प्रविधिहरूको प्रचारप्रसार गर्दै दीगो कृषि प्रणालीमा अभिप्रेरित गर्नेछ ।’

पात्रोमा मकै बाली, धानबाली, लहरेबाली, सुन्तलाबाली, हरियो तरकारीबाली, गोलभेडाबाली, मौरीपालन, अदुवाबाली, फलफूल लगायत १२ विभिन्न बालीहरूका विशेषता, बिउ छनोटदेखि भण्डारणसम्मका चरणहरू, र जैविक मलको प्रयोग विधि उल्लेख गरिएको छ ।

गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, प्राविधिक कर्मचारी, कृषक प्रतिनिधि लगायतको उपस्थितिमा एक औपचारिक कार्यक्रममा उक्त पात्रो सार्वजनिक गरिएको हो ।

स्थानीय किसानहरूका लागि मार्गदर्शकको रूपमा काम गर्ने अपेक्षासहित सार्वजनिक गरिएको यो पात्रो हरेक वडाका कृषक समूहहरूलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य

एसएलसी परीक्षामा नेपाल प्रथम हुने महेश संस्कृत गुरुकुलका रिमाल र आचार्यलाई ‘विनाजा पुरस्कार’

देवघाट । साउन १७ राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित वि.सं.२०८२ को कक्षा १२ को माध्यमिक शिक्षा

सुनसरी र सिराहा घटनाका मृतक र निम्सदाइ सहित पर्वतारोहीको स्मृतिमा देवघाटमा दीप प्रज्वलन एवं श्रद्धाञ्जली सभा

सफल शर्मा । देवघाट, साउन १७ हालै सुनसरी र सिराहामा भएको घटनामा ज्यान गुमाएका मृतक