जङ्गली जनावरले मकैबाली खाएपछि देवघाटका किसान चिन्तामा

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार १९

जङ्गली जनावर मकैबाली खाएपछि देवघाटका किसानहरु चिन्तामा परेका छन् । घामपानी नभनिकन उब्जाएको अन्नबाली बाँदर, बँदेल लगायत जङ्गली जनावरले नष्ट गरेपछि देवघाट गाउँपालिका–५ का किसानहरु चिन्तित भएका हुन् ।

आफुहरुले धेरै लगानी गरेर तथा घाम पानी नभनिकन उब्जाएको मकै कहिले किरा फट्ङ्याग्राले त कहिले जङ्गली जनवारले खाएर नष्ट गरेको देवघाटका किसान मोहनसिंह आलेले बताए । ‘किसानहरुले मकै खेती गर्नलााई घाम पानी नभनी गरेका हुन्छन, मकै छर्दा जोत्ने देखि लिएर गोड्ने सबै काममा लगानी भएको हुन्छ’ उनले भने ‘तर अन्न उब्जनी हुने बेलामा सबै जङ्गली जनावरले खाएर खत्तम पार्छ ।’

जङ्गली जनावरको कारण अन्न उब्जनी लिन नपाएपछि अधिकांश किसानले जमिन बाँझो नै राख्ने गरेका छन् । बर्ष भरी खेती गरेर जब फल लाग्ने आशा हुन्छ अनि जङ्गली जनवारले खाइदिए पछि मन मरेर आउने अर्का किसान बुद्धबहादुर थापाले बताए । मकै बाँदरले खाने र तरुल खेती गर्दा बँदेलले खाइदिने गर्दा समस्या भएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी