तीन वर्षपछि बन्दीपुर अस्पतालमा गर्भपतन सेवा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १९

तीन वर्षपछि तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सेवा सुरु भएसँगै गर्भपतन गराउनुपर्ने अवस्थामा टाढा धाउनु पर्ने र शुल्क तिर्नु पर्ने बाध्यता हटेको छ ।

बन्दीपुर गाउँपालिका–६ को महिलाको सुरक्षित गर्भपतन गराई सेवा सुरु गरिएको अस्तालले जनाएको छ । उपकरण, उपचार कक्ष व्यवस्थापन, कार्य विधी, ऐन अभावले रोकिएकोमा तीन वर्षपछि निःशुल्क रुपमा सुरक्षित गर्भपत सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा. अनिल गिरीले जानकारी दिए ।

डा.गिरीले भने ‘अस्पताल स्थानीय तहको जिम्मेवारीमा गएपछि विभिन्न ऐनको अभाव, उपकरण दुरुस्त नहुँनु, उपचार कक्ष नहुँदा रोकिएको हाल सबै व्यवस्थापन गरेर निःशुल्क सेवा सुरु गरेका छौं ।’ रेडियोलोजिस्टले पारिश्रामिकको भुक्तानी नपाएर भिडियो एक्सरे सेवा रोकिन पुग्दा सुरक्षित गर्भपतन सेवा प्रभावित हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल