देवघाटको गाउँसभाबाट मेलमिलाप समितिको प्रतिवेदन र वन विधेयक पारित

Devghat Online

शेयर गरौ

देवघाट । असार २१

देवघाट गाउँपालिकाको जारी १६ औँ गाउँसभाले मेलमिलाप समितिको प्रतिवेदन र स्थानीय वन विधेयक २०८२ सर्वसम्मतले पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको १६ औँ गाउँसभाको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष तथा मेलमिलाप समितिका संयोजक समेत रहेका भुवन सिं गुरुङले मेलमिलाप समितिको प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै, देवघाट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मिनबहादुर राना मगरले स्थानीय वन विधेयक २०८२ छलफल गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । गाउँसभाले उक्त दुबै प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो । गाउँसभाको आगामी असार २७ गते बस्ने बैठकले आर्थिक बिधेयक पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले