देवघाट । असार २१
देवघाट गाउँपालिकाको जारी १६ औँ गाउँसभाले मेलमिलाप समितिको प्रतिवेदन र स्थानीय वन विधेयक २०८२ सर्वसम्मतले पारित गरेको छ ।



गाउँपालिका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा शुक्रबार बसेको १६ औँ गाउँसभाको तेस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष तथा मेलमिलाप समितिका संयोजक समेत रहेका भुवन सिं गुरुङले मेलमिलाप समितिको प्रतिवेदन पेश गरेका थिए ।
त्यस्तै, देवघाट गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मिनबहादुर राना मगरले स्थानीय वन विधेयक २०८२ छलफल गरियोस् भनि प्रस्ताव पेश गरेका थिए । गाउँसभाले उक्त दुबै प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो । गाउँसभाको आगामी असार २७ गते बस्ने बैठकले आर्थिक बिधेयक पारित गर्नेछ ।












