एसइईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई देवघाट गाउँपालिकाको सम्मान

Devghat Online

शेयर गरौ

तनहुँ । असार २१

देवघाट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक र गुरुकुलका गरी नौ जनालाई कर सहित जनही १० हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । गुरुकुलका ६ जना र सामुदायिक विद्यालयका ३ गरि ९ जनालाई नगद सहित सम्मान गरिएको देवघाट गाउँपालिकाको शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

सम्मानित हुनेहरुमा महेश संस्कृत गुरुकुलमका आदर्श घिमिरे, जीवनाथ शर्मा, लक्ष्मी प्रसाद पौडेल, सिद्धार्थ अर्याल र माँ कल्याणी वैदिक कन्या गुरुकुलका दुर्गा थापा र दुर्गा पराजुली तथा कालिका माविका दिलिप गुरुङ, आकृती लामिछाने र बबिता भुजेल रहेका छन् ।

उक्त कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उत्कृष्ट नजिता ल्याएकामा विद्यार्थीलाई बधाई दिँदै सफलताको शुभकामना व्यक्त गरे । उनले आगामी वर्ष पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो