मानवअधिकार वर्ष पुस्तक अर्धवार्षिक पुर्व समिक्षा सम्पन्न, मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट २१ जना पीडित

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भयो । मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

इन्सेकको तथ्यांक अनुसार तनहुँमा सन २०२५ मा को जनवरी देखी जुनसम्मको ६ महिनाको मानवअधिकार उल्लंघन तथा ज्यादतीका २१ वटा घटनाबाट २१ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२५ मा तनहुँमा भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेका थिए । यो अवधिमा भएको २१ वटा मानवअधिकार उल्लंघनका घटनामा १४ महिला र ७ पुरुष सहित २१ जना पीडित भएका छन् । जसमा हत्याका घटनामा ४ वटा, बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ८ वटा घटना भएका छन् । त्यस्तै मानव बेचविखनमा २, कुटपिट, धम्की र दुव्र्यहवारको घटनामा ४, बालअधिकार तर्फ ३ र सम्पत्ती क्षतीमा १ वटा घटना भएका छन् ।

सो कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा इन्सेकको महत्वपुर्ण भुमिका रहेको बताए । इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनकोलागि समय समयमा खबरदारी गरिरहनु पर्ने उनले बताए । सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानवअधिकारको संरक्षण हुने अध्यक्ष श्रेष्ठले बताए । विगतमा मानवअधिकारको विषय राजनीतिक तथा नागरिक अधिकारसँग बढि सम्बन्धित भएकोमा हाल आएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तथा शिक्षा, स्वास्थ्यर खाद्य अधिकार तथा समृद्धीको विषयसँग जोडिएको श्रेष्ठले बताए । संविधानमा उल्लेख भएको मानवअधिकारका विषयलाई तिनै तहका सरकारले पनि कार्यान्वयन गर्दै जानुपर्ने श्रेष्ठले बताए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजु अधिकारीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै अधिकारीले शाहीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । प्रहरीले मानवअधिकारको उल्लंघन ग¥यो भन्ने गुनासो आउन नदिने उनले प्रष्ट पारे । उनले घरेलु हिंसा अन्त्यकोलागि र मानवअधिकारको प्रत्याभुतीकोलागि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाए ।

नेकपा एमालेका जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । अहिले मानवअधिकार उल्लघंनको घटना सार्वजानिक गर्दा भविष्यमा त्यस्ता घटना कम हुने विश्वास पनि उनले व्यक्त गरे । इन्सेकको प्रतिबेदनले जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा प्रष्ट हुने भन्दै उनले मानव अधिकारको विषय विश्वव्यापी र सबैकोलागि भएको हुँदा राज्यले यसमा विभेद गर्न नहुने बताए । उनले मानव अधिकार हननका घटना निरुत्साहित गर्न पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । अदालतमा विचाराधिन मुद्धालाई प्रभावित गर्न बाहिर हस्ताक्षर संकलन गर्नाले पनि हजारौं पीडितको मानवअधिकार हनन हुने अधिकारीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोलाले मानवअधिकारको संरक्षण र सम्बद्र्धनको जिम्मेबारी राज्य पक्षको भएहुँदा राज्यले आफ्नो जिम्मेबारी पुरा गरेको छ की छैन भन्ने बारेमा इन्सेकले खबरदारी गर्दै आएको बताए । उनले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले देशको मानवअधिकारको अवस्था देखाउने भन्दै बास्तोलाले मानवअधिकारको संरक्षण गर्न राज्य पक्ष लाग्नुपर्ने बताए ।

नेपाली काँग्रेसकी जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताइन् । लक्षित सुदायमा मानवअधिकार प्रति सचेतना जगाउन सकेमा मानवअधिकारको संरक्षण र सम्बद्र्धन हुने उनले बताइन् । उनले मानवअधिकारको संरक्षणमा इन्सेकले पु¥याएको योगदान महत्वपुर्ण रहेको बताइन् ।

महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी सदस्य सरस्वती सिग्देल, दलित अधिकारकर्मी, पत्रकार अमरराज नहर्की लगायतले सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय