बन्दिपुर केवलकारको आइपीओमा चार स्थानीय तहलाई विशेष आरक्षण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

पर्यटकीय पूर्वाधार विकासमा सक्रिय बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेड ले ५८ करोड ६० लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले कुल जारी पुँजीको २०.७१ प्रतिशत हिस्सा बराबरको आईपिओ ल्याउन लागेको हो । यस अन्तर्गत ५ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर विशेष प्रभावित क्षेत्रका स्थानीय नागरिकका लागि आरक्षित गरिएको छ ।

आरक्षित समूहमा बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका–१ र गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ का बासिन्दाहरू पर्छन् । कम्पनीले आँबुखैरेनीस्थित खानीखोला देखि छिम्केश्वरी डाँडा हुँदै झण्डापार्कसम्म निर्माण गर्न लागेको ‘छिम्केश्वरी केवलकार’ परियोजनाले आँबुखैरेनीलाई प्रभावित क्षेत्र बनाएको हो ।

यस्तै, भानु नगरपालिका–१ मा संसारकै लामो ‘मेघा ट्रोल जिपलाइन’ को ल्यान्डिङ र ट्रान्जिट स्टेशन निर्माण कार्यले सो क्षेत्र प्रभावित बनेको छ । त्यसैगरी, पालुङटार–७ मा कम्पनीका सम्भाव्यता कम्पनीहरूले कृषि पर्यटनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । यही आधारमा यी चार स्थानीय तहका नागरिकलाई आरक्षित समूहमा राखिएको मुख्य कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले जानकारी दिए ।

परियोजना अन्तर्गत पर्यटन, धार्मिक र साहसिक गतिविधिलाई प्रोत्साहन गर्न कम्पनीले निर्माण र सेवा विस्तारका विविध योजना अघि सारेको छ । यस आईपिओले प्रभावित क्षेत्रका स्थानीयवासीलाई आर्थिक सहभागिता र लगानीको अवसर दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो