नेपाल वन पैदावार उद्योग व्यवसायी संघद्वारा थानीमाई मन्दिर परिसरमा वृक्षारोपण

Devghat Online

शेयर गरौ

तनहुँ । असार २२

नेपाल वन पैदावर उद्योग व्यवसायी संघले आइतबार भानु नगरपालिका–७ स्थित बसन्तपुरको थानीमाई मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । संघले आइतबार विभिन्न जातीका करिब ३ सय ५० बिरुवा रोपेको थियो । वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको यस कार्यक्रम संस्थाको वार्षिक योजना अनुसार निरन्तरता दिइएको संघले जनाएको छ ।

कार्यक्रममा नेपाल वन पैदावार उद्योग संघ तनहुँका अध्यक्ष दीपबहादुर श्रेष्ठले केवल रुख काटेर मात्र नहुने, त्यससँगै बिरुवा रोप्ने र संरक्षण गर्नुपर्ने बताए । उनले वन क्षेत्रमा बुढा रुखहरू उपयोग नहुँदा खेर गइरहेको उल्लेख गर्दै सरकारद्वारा उल्टै विदेशी काठ, युपीभीसी र आल्मुनियमका सामानहरू आयातमा जोड दिनुले देशको अर्थतन्त्र बाहिरिनु परेको चिन्ता व्यक्त गरे । उनले पुराना रुखहरूलाई व्यवस्थापन गरी वृक्षारोपणमा सुधार गर्नुपर्ने धारणा राखे ।

डिभिजन वन कार्यालयका वन अधिकृत काशीराज पण्डितले वर्षमा कति बिरुवा रोपियो भन्नेभन्दा पनि कति बिरुवा संरक्षण गरियो भन्ने कुराले वृक्षारोपणको सार्थकता देखाउने बताए । उनले पनि वृक्षारोपणलाई सफल बनाउन सबै पक्षबाट सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, भानु नगरपालिका–७ का वडा सदस्य सन्तबहादुर थापा, थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले वातावरण संरक्षणमा संस्थाले गरेको कार्यप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष सूर्यबहादुर तामाङ, वरिष्ठ उपाध्यक्ष सोमराज सिग्देल, सहित संस्थाका पदाधिकारी र सदस्यहरू लगायत स्थानीयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सिग्देलले राखेका थिए भने सञ्चालन सचिव सदाशंकरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र