औषधी खरिदको अनियमिता रोक्दा उल्टै म माथी आरोप लाग्योः लेखा अधिकृत बराल

Devghat Online

शेयर गरौ

दमौली, असार २३

व्यास नगरपालिकाका लेखा अधिकृत अर्जुन बरालले नगरपालिकाको औषधी खरिदमा भएको अनियमितता रोक्दा उल्टै आफुमाथी गम्भिर आरोप लागेको बताएका छन् । स्वास्थ्य शाखाका कर्मचारीले पुरा परिमाणको औषधी खरिद नै नगरि भुक्तानीको लागि पेश गरेकोमा आफुले त्यसलाई रोकेको बरालले बताए । ‘पुरै औषधी नै खरिद नगरि पुरै औषधी किनेको भन्दै भुक्तानीको लागि पेश भएपछि आफुले शंका लागेर जाँच गर्दा पुरै परिमाणको औषधी नभेटेपछि भुक्तानी रोकेको हुँ’ बरालले ‘यो अनियमितताको बारेमा सन्चारमाध्यममा समाचार आएपछि औषधी खरिदकर्ताहरुले उल्टै आफुमाथी गम्भिर आरोप लगाए ।’

व्यास नपा १० मा रहेको व्यास नगर अस्पतालकोलागि १० लाख बराबरको औषधी खरिद गर्न व्यास नगरपालिकाको कार्यपालिकाको बैठकबाट निर्णय भएअनुसार स्वास्थ्य शाखाका कर्मचारीद्वय कल्पना दाहाल र लक्ष्मी गुरुङले टेन्डर प्रक्रियाबाट औषधी खरिद गरिएको भन्दै भुक्तानीको फाइल तयार गरी, प्रमुख प्रशासकीय अधिकृत समेतबाट भुक्तानी आदेश भई लेखा शाखामा रकम निकासाका लागि पेश गरिएको थियो ।

तर जब लेखा शाखाले केही शंका लागि औपचारिक रूपमा खरिद गरी अस्पतालमा बुझाइएको औषधीको पुष्टि गर्न खोज्यो, त्यो बेला औषधि खरिदमा गम्भीर अनियमितता भएको आशंका लागेपछि भुक्तानी रोकिएको थियो । अस्पतालमा झण्डै आधा औषधी मात्र दाखिला गरिएको पाइएको बताईएको छ । तर स्वास्थ्य शाखाबाट पुरै रकमको भुक्तानी माग गर्दै कागजी प्रक्रिया मात्र पूरा गरी लेखा शाखामा अन्तिम भुक्तानीका लागि फाइल पेश गरिएको थियो ।

यसबारेमा नगरपालिकाकै एक जनप्रतिनिधिले एक महिना अघि नै दमौलीका केही सन्चारकर्मीलाई ह्वाट्सएप म्यासेज मार्फत जानकारी गराएका थिए । यसैबारेमा सन्चार माध्यमहरुमा समाचार प्रकाशित भएपछि औषधी खरिदकर्ताहरुले उल्टै लेखा अधिकृत बरालको विरुद्धमा प्रचार गर्दै हिडेको नगरपालिकाका केही कर्मचारीहरुले बताएका छन् ।

उक्त औषधी खदिर प्रक्रियाको अनियमितता छानविन गर्न प्रशासकीय अधिकृत रामचन्द्र हड्खले, व्यास नगर अस्पतालका अध्यक्ष एवं निवर्तमान वडा अध्यक्ष तुल्सीराम सापकोटा, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती रहेको छानविन समिति गठन गरिएको थियो । उक्त औषधी खरिदको समयमा स्वास्थ्य शाखा प्रमुख भने लामो बिदामा रहेका थिए । औषधी खरिदमा संलग्न स्वास्थ्य शाखाका कर्मचारीहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत समक्ष माफी गल्ती स्विकार गर्र्दै माफि मागि सकेको एक कर्मचारीले बताए ।

तर अहिले समाचार सार्वजानिक हुन थालेपछि लेखाप्रमुख बरालले आफ्नो चिनेको फर्मबाट औषधी खरिद गर्न दवाव दिएको आरोप लगाएका छन् । जबकी औषधी खरिद प्रक्रियाको टेन्डर निष्काशन, खरिद कार्य तथा दाखिला कार्यमा लेखाप्रमुख पुर्णरुपमा अनभिज्ञ हुन्छन् । प्रक्रियासँगत आएको भुक्तानीको आदेशलाई कार्यान्वयन गर्ने बाहेक अन्य अधिकार लेखा प्रमुखसँग नहुने लेखा सम्बन्धि जानकारहरु बताउँछन् ।

यसबारेमा नगरपालिकाको तर्फबाट आन्तरिक छानविन भईरहेको प्रमुख प्रशासकीय अधिकृत काशिराम गैह्रेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र