आँबुखैरेनी गाउँपालिकामा मगर र गुरुङ भाषामा साइनबोर्ड राखियो

Devghat Online

शेयर गरौ

तनहुँ । असार २३

तनहुँको आँबुखैरेनी गाउँपालिकाले मगर र गुरुङ समुदायको मातृभाषालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यालयको साइनबोर्डमा मगर भाषाको अख्ख लिपि र गुरुङ भाषाको तमू खेमा लिपिमा लेखिएको साइनबोर्ड राखेको छ ।

यसअघि गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई प्रदेशको पहिलो र दोस्रो मातृभाषाका रूपमा मान्यता दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयनमा ल्याउने क्रममा आँबुखैरेनी गाउँपालिकाले अगुवाइ गरेको हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई सम्मान गर्दै स्थानीय मातृभाषाहरूको प्रयोगलाई व्यवहारिक बनाउने उद्देश्यले यो कदम चालिएको बताए। ‘स्थानीय सरकार स्थानीय भाषा र संस्कृतिको प्रवद्र्धक हुनुपर्छ भन्ने विश्वासका साथ यो कार्य सुरु गरिएको हो,’ अध्यक्ष चुमानले बताए । बहुभाषामा कार्यालयको बोर्डको नाम लेख्ने आबुँखैरेनी तनहुँको पहिलो पालिका हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय