आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत

Devghat Online

शेयर गरौ

तनहुँ । असार २६

आबुँखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बुद्धिराम बस्नेतको पदस्थापना भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बस्नेतलाई आँबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदस्थापना गरेको हो ।

लोक सेवा आयोगको सिफारिसका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका बस्नेतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय जिम्मेवारी दिइएको हो।

वर्तमान प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले उमेर हदले अनिवार्य अवकाश पाएसँगै बस्नेतलाई पदभार दिइएको गाउँपालिकाले जनाएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त पत्रअनुसार बस्नेतले छिट्टै कार्यभार सम्हाल्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो