विष्णु मगर । देवघाट, असार २६
देवघाट गाउँपालिका–५ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा महिला नेतृत्व तथा क्षमता विकास सम्बन्धि तीन दिने तालिम विहिबार सम्पन्न भएको छ ।




उक्त तालिम समापन कार्यक्रममा प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले तालिमले महिलाहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धी गर्ने बताए । न्यौपानेले सिकाइ भन्ने कुरा कहिले अन्त्य नहुने र सिक्दै जानुपर्ने बताए ।

सामुदायिक वन महासंघ जिल्ला वन महासंघका सदस्य भोजराज नैनावस्तीले मानिसहरुको क्षमता विकास भएपछि मात्रै नेतृत्व विकास हुने बताए । तालिम लिएपछि व्यवहारमा लागू गर्न नसके तालिम लिएको कुनै अर्थ नहुने नैनावस्तीले बताए ।

तालिमका प्रशिक्षक लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराईले तालिमले महिलाहरुको क्षमता अभिवृद्धि भएको बताए । तीन दिनको समयमा सिकेका तालिमलाई व्यवहारमा लागू गर्दै गए कार्यक्रमले सार्थकता पाउने भट्टराईले बताए ।
सीता सामुदायिक वन समुहका अध्यक्ष भानुभक्त न्यौपानेले मधुवन सामुदायिक वनले पछिल्लो समयमा उदाहरणीय काम गर्दै गएको बताए । उद्घोषक तालिम र क्षमता अभिबृद्धि गर्ने तालिमहरु हरेक संघ सस्थाले दिनुपर्ने न्यौपानेले बताए । कतिपय नियमहरु प्रक्रियाहरु जान्दा पनि अगाडि गएर कार्यक्रम गर्न नसकेको न्यौपानेले बताए ।

देवघाट–४ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले मधुवनले दिएको तालिमले महिलाहरुको नेतृत्वमा पक्कै पनि परिवर्तन भइ हरेक संघ सस्थामा नेतृत्वले लिन सकिने बताए ।

तालिमकी सहभागी विमला थापा गुरुङले तालिम लिनु भन्दा अगाडि आफुले अगाडि गएर नाम पनि भन्न नसक्ने रहेको र तालिम पश्चात आफुमा क्षमता विकास भई बोल्न सक्ने भएको बताईन् । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु ल्याउन पर्ने बताईन् ।
मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरिले तनहुँ जिल्लामै उत्कृष्ट भएको यस वन समुहका महिला उपभोक्ताहरु हरेक कुरामा क्षमतावान र सक्षम बन्नुपर्ने बताए । सोहीकारण पनि तालिमको आयोजना गरिएको भन्दै उनले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्नुपर्ने बताए ।

कार्यक्रम संयोजक एवं वन समुहकी उपाध्यक्ष कमला देवकोटाले महिलाहरुको तीन दिने तालिमले धेरै कुराहरु सिकेको बताईन् । हरेक संघ सस्थामा महिलाहरु अगाडि बढेर नेतृत्व लिन सक्न पर्छ भन्ने हेतुले सो कार्यक्रम गरेको देवकोटाले बताईन् ।

मधुवन सामुदायिक वन समुहका अध्यक्ष डिल्लीराम गिरिको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सन्चालन पार्वती चितौरेले गरेकी थिइन् । तालिममा ३० जनाको सहभागीता रहेको थियो ।














