व्यास गुफामा श्रावण १ गतेदेखि एक महिना अखण्ड हवन हुने

Devghat Online

शेयर गरौ

तनहुँ । असार ३१

दमौलीको व्यास गुफा परिसरमा आगामी साउन १ गतेदेखी एक महिना अखण्ड हवन हुने भएको छ । बेदव्यास वैद्धिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान व्यास २ दमौलीको आयोजनामा हुने हवन बिहान ७ बजेवाट सुरु भइ श्रावण महिनाभरी सञ्चालन हुने ध्यानाचार्य खेमराज गुरूले बताए ।

उक्त अखण्ड हवन गत असार २६ गते गुरूपुर्णिमाको दिन गुरु पुजन गरि विधिवत रुपमा सुरु गरिएको र आगामी साउन १ गतेदेखि व्यास गुफा परिसरको नवनिर्मित हवन कुण्डमा अनवरत रूपमा अखण्ड÷असंख्य हवन हुने प्रतिष्ठानका संरक्षक जय श्रीहरी खेमराज गुरूले जानकारी दिए ।

यस्तै यसै सिलसिलामा गुरु महिमा, शिव महिमा सँगै महिनाभरी अखण्ड हवन हुने समेत बताइएको छ । हवनबाट गुरु दोष मुक्ति, पितृ दोष मुक्ति, कुल दोष मुक्ति, काल सर्प दोष मुक्ति, सम्पुर्ण ग्रह दोष मुक्ति, अकाल मृत्यु सर्व दोष मुक्ति र आफुले गरेको जिवनभरका सम्पुर्ण कर्म दोष मुक्ति हुने संरक्षक खेम गुरूले दावी गरे ।

व्यास गुफा महर्षी वेदव्यासको जन्मस्थल रहेको र यस पवित्र भुमीको प्रचार प्रचार गर्न सके यहाँ वार्षिक लाखौं पर्यटक भित्र्याउन सकिने भन्दै श्रीहरी खेमराज गुरूले व्यास गुफाको प्रचार प्रसार गर्न निरन्तर र नियमित रुपमा धार्मिक गतिविधि गरिरहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक