देवघाट कलेज सन्चालनको लागि वोलवम मेलामा सहयोग संकलन गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ४

देवघाटमा सन्चालन गर्न लागिएको देवघाट कलेजको सहयोगको लागि देवघाटमा आजबाट सुरु हुन लागेको साउने बोलवम मेलामा आर्थिक सहयोग संकलन गरिने भएको छ ।

कलेज सन्चालनको लागि आर्थिक समस्या परेको हुँदा देवघाटमा साउन महिनाको सोमवार लाग्ने बोलबम मेलामा आर्थिक संकलन गर्न लागिएको देवघाट कलेज सञ्चालन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सो अभियानमा सहयोगको लागि राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी तथा देवघाटमा कलेज सन्चालन हुनपर्छ भन्ने मानिसकता र सोच भएको सम्पुर्ण शुभचिन्तकलाई आर्थिक संकलन अभियानमा जोडिन श्रेष्ठले अनुरोध गरेका छन् ।

आर्थिक संकलन अभियान साउन महिनाको प्रत्येक सोमबार विहान ५ बजेदेखी गलेश्वर आश्रम परिसर नजिकै हुने डा.श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन