बन्दीपुर केबलकारद्वारा स्थानीयको लागि आइपिओ निष्कासन

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ७

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले मंगलबारदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आइपीओ खुला गरेको हो । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन अनुसार कुल मूल्य ५८ करोड ६० लाख रुपैयाँ बराबरको रहेको छ ।

कम्पनीले तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि पाँच लाख ६६ हजार कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पाँच लाख २९ हजार चार सय कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि गरिएको सार्वजनिक निष्कासन साउन २० गतेसम्म खुला रहनेछ।यदि सो अवधिमा पुरै सेयर बिक्री नभए भदौ ४ गतेसम्म खुला हुनेछ । जिल्लाको बन्दीपुर गाउँपालिका, आबुँ खैरेनी गाउँपालिकाका सबै वडाहरू, भानु नगरपालिका वडा १ र गोरखा जिल्लाको पालुङटारनगरपालिका वडा ७ का बासिन्दाले आवेदन दिन पाउँनेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा छुट्याइएको सेयर पूरै बिक्री नभए भदौ २० गतेसम्म खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो