मन्त्री न्यौपाने शुक्रबार गृहजिल्ला तनहुँ आउने, विभिन्न पालिकामा कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ८

संघीय मामिला तथा समान्य प्रशासन मन्त्री भगवती न्यौपाने शुक्रबार गृहजिल्ला तनहुँ आउने भएकी छिन् । मन्त्री न्यौपाने शुक्रबार मध्यान्न आबुँखैरेनी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा आबुँखैरेनी गाउँपालिका कार्याललमा जनप्रतिनिधि र कर्मचारीसँग भेटघाट तथा दिउँसो देवघाट गाउँपालिका कार्यालयमा भेटघाट र सिटि हलमा कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै साँझ बन्दिपुरमा भेटघाट तथा कार्यक्रम रहेको छ । शनिबार भानु नगरपालिकामा कार्यकर्ता भेटघाट तथा दिउँसो दमौलीमा नेकपा एमालेको जिल्ला कार्यालयमा मन्त्री न्यौपानेलाई स्वागत तथा सम्मान कार्यक्रम रहेको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई निर्देशन तथा नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति तनहुँद्वारा आयोजित सहिद मनोज–झपेन्द्र स्मृती सप्ताहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही दिन भानु नगरपालिका कार्यालयमा जनप्रतिनिधि र कर्मचारीसँग भेटघाट कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो