धरमपानीले मलाई ठुलो गुन लगाएको छः मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ को धरमपानीले आफुलाई ठुलो गुन लगाएको बताएकी छिन् । शनिबार बिहान धरमपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको संगठन निर्माणको क्रममा आफु धरमपानीमा आइपुग्दा यहाँका जनताले निकै माया र सहयोग गरेको भन्दै उक्त मायाको गुन तिर्न आफु लागि परेको बताइन् ।

आफु मन्त्री नहुँदा पनि धरमपानी वरपरको विकासको लागि यसअघि नै २५ करोड भन्दा बढि बजेट बिनियोजन गर्न पहल गरेको र केही महिना अघि मात्रै बन्दीपुर–धरमपानी सडकलाई भौतिक पुर्वाधार मन्त्रालय मार्फत ४ करोड रुपैयाँ विनियोजन गरेको भन्दै न्यौपानेले यसवर्ष पनि त्यो भन्दा बढि बजेट बिनियोजन हुने विश्वास दिलाईन् ।

बन्दीपुर–धरमपानी–सराङघाटलाई कालोपत्रे गरि बन्दीपुरको विकासमा टेवा पुग्ने काम गर्ने भन्दै उनले बन्दीपुर तथा धरमपानी र यस वरपरको क्षेत्रको विकासमा विशेष चासो राख्ने बताइन् ।

उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, उपाध्यक्ष पन्चमाया गुरुङ, वडा नम्बर ६ का वडा अध्यक्ष बलबहादुर गुरुङ लगायतले धरमपानीसम्म आइपुग्ने सडक निकै कच्ची र अप्ठेरो भएको भन्दै उक्त सडकलाई स्तरीकरण गर्न ठुलै रकमको आवश्यकता पर्ने हुँदा सो को लागि पहल गर्न मन्त्री न्यौपानेलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती