तनहुँ । साउन १०
व्यास–१, भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा लियो जिल्ला परिषद् ३२५ एल नेपाल अन्तर्गत गण्डकी क्षेत्रको आयोजना र लियो क्लब अफ तनहुँको संयोजनमा क्लब अफिसर्स स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।



कार्यक्रम लियो जिल्ला परिषद् ३२५ एल नेपालका प्रशिक्षण कोअर्डिनेटर अध्यक्ष लियो कुशल लाम्सालको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य अशोक कुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेस सभा सदस्य श्रेष्ठले लियो र लायन्स क्लब तनहुँमा स्थापना हुदाको समय र अहिलेका क्लबहरुले समाजमा दिदै आएको सेवा र नेतृत्व बिकासमा खेलेको भुमिकाको बारेमा तुलना गरे । सांसद श्रेष्ठले लायन्स र लियो क्लब र एउटै संस्था भएको र दुबैले समाजमा जहाँ आवश्यकता तहाँ सेवा प्रदान गर्ने संस्था रहेको पुष्टि गरे । लियो र लायन्स क्लब तनहुँ जिल्लाको परिबेशमा बिगतमा संगठनले गरेको संगठनिक गतिबिधिको बारेमा स्मरण गर्दै बिगतको तुलनमा अहिले सहजता भएको उल्लेख गरे ।
उक्त कार्यक्रममा लियो जिल्ला अध्यक्ष, लियो बहुजिल्ला ३२५ नेपालका अध्यक्ष र निवर्तमान अध्यक्ष, लियो क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरू, डिस्ट्रिक्ट टिम, कोअर्डिनेटरहरू, विभागीय संयोजक तथा विभिन्न लियो क्लबका अध्यक्ष, सचिव, कोषाध्यक्षहरू उपस्थित थिए । कार्यक्रममा क्लब सञ्चालन सम्बन्धी तालिम, दायित्व हस्तान्तरण, नेतृत्व विकास, समन्वयात्मक कार्यशैली र सेवा भावको विषयमा छलफल तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
यस कार्यक्रमले आगामी कार्यकालका लागि लियो अफिसरहरूलाई नेतृत्वदायी भूमिकामा सजग र सक्षम बनाउने अपेक्षा गरिएको छ । कार्यक्रम लायन वर्ष २०२५÷२६ का लागि आयोजना गरिएको जसमा गण्डकी क्षेत्रका विभिन्न लियो क्लबका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।












