नेपाल ढकाल समाज प्रतिष्ठान चितवनद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

Devghat Online

शेयर गरौ

चितवन । साउन ११

नेपाल ढकाल समाज प्रतिष्ठान जिल्ला शाखा चितवनले २०८१ सालको एसइई मा सम्मिलित भई उत्तीर्ण भएका उपमन्यु गोत्रीय ढकालका छोराछोरीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरेको छ । ढकाल समाज चितवनका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय अध्यक्ष टिकाराम ढकाल तथा नेपाल पोलीटेक्निक इन्स्टिच्युटका प्रबन्ध निर्देशक बाबुराम ढकाल उपाध्यायले विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

चितवन भरिका जम्मा ५० जना छात्र छात्रालाई सो अवसरमा प्रशंसापत्रद्वारा सम्मान गरिएक थियो। उक्त अवसरमा चार जीपीए ल्याउने छात्रा श्रीष्मा  ढकाल र छात्रमा ३.९६ जीपिए ल्याउने विवेक शर्मा ढकाललाई नगदसहित सम्मान गरिएको थियो ।

सो अवसरमा नेपाल ढकाल समाज प्रतिष्ठानका अध्यक्ष टिकाराम शर्मा ढकालले चितवन जिल्लाले सुरु गरेको यो अभियान नेपालभरिका ढकाल समाज प्रतिष्ठानले सुरु गर्नुपर्ने कुरामा जोड दिए। त्यस्तै  कार्यक्रमका संयोजक तथा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य नवराज ढकालले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए भने नेपाल पोलिटेक्निक इन्स्टिच्युटका सहायक क्याम्पस चिफ दीपक ढकालले सबै विद्यार्थीहरुलाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका उपाध्यक्ष खोमराज ढकाल र सीता शर्मा ढकाल, त्यस्तै बागमती प्रदेशका अध्यक्ष कुमार ढकाल, गण्डकी प्रदेशका अध्यक्ष लोकराज ढकाल, मधेस प्रदेशका अध्यक्ष मोहन कुमार ढकाल सहभागी थिए । कार्यक्रममा प्रतिष्ठानका सचिवालय सदस्य हरिप्रसाद ढकाल र तारा पति ढकाल को विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सल्लाहकार एवं नेपाल पोलिटेक्निक इन्स्टिउटका प्रबन्ध निर्देशक बाबुराम उपाध्यायले सम्पूर्ण सम्मानित बाबु नानीलाई बधाई शुभकामना तथा उज्ज्वल भविष्यको कामना गरेका थिए। कार्यक्रमलाई नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला सचिव रामहरी ढकालले सञ्चालन गरेका थिए। सो कार्यक्रमलाई सहयोग र व्यवस्थापन नेपाल पोलिटेक्निक इन्स्टिच्युटले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय