विष्णु मगर । देवघाट, साउन ११
नेकपा एमाले देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रातामाटे सुन्दरबस्ती टोल कमिटिको दोश्रो अधिवेशन आइतबार सम्पन्न भएको छ । उक्त अधिवेशनले हर्कबहादुर मगरको अध्यक्षतामा २० सदस्यिय टोल कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा श्यामकला मगर, सचिवमा मेख वहादुर मगर, उपसचिवमा शर्मिला मगर र विपना गुरुङ चयन भएका छन् ।



त्यस्तै सदस्यहरुमा हरिमाया गुरुङ, तुलसी भुजेल, रामप्रसाद आले, मुस्कान मगर, पुजन मगर, समिर मगर, दिलमाया मगर, बिरबहादुर गुरुङ, कृष्णमाया मगर, खगिसरा मगर, विपन गुरुङ, सुकमाया राना, गौमाया गुरुङ, मनु गुरुङ र रमेश मगर चयन भएका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटिका सचिवालय सदस्य बाबुराम अधिकारीले नेपाल सरकारमा कुन सरकार हुँदा कस्तो काम गरेको छ कुन सरकार हुँदा देश र समाजको विकास भएको छ भनेर अध्ययन गरेर हेर्दा नेकपा एमाले पहिलो श्रेणीमा आउने अधिकारीले बताए । जनताको हक र अधिकारको विषयमा लड्ने पार्टी नेकपा ऐमाले रहेको अधिकारीले बताए ।

नेकपा एमाले जिल्ला सदस्य कमिटि सदस्य केशवचन्द्र न्यौपानेले विकासको हिसावमा नेकपा एमाले भन्दा अरु पार्टिको विकल्प नभएको न्यौपानेले बताए । नेकपा एमालेको नेतृत्व जहाँ जहाँ छ त्यो संगठन मजवुज भएको न्यौपानेले बताए । क्षमता अभिवृद्धि गर्नको लागि भएपनि नेतृत्वमा आउन पर्ने न्यौपानेले बताए । नेकपा एमाले जिल्ला कमिटि सदस्य कमला देवकोटाले नेकपा एमाले सरकार आएपछि देवघाटको विकास भएको बताइन् ।
सो कार्यक्रममा वुद्धिजिवि परिषद तनहुँका उपाध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले जिवनलाई सुधार गर्न समाज परिवर्तन गर्न देश परिवर्तन गर्न शिक्षा आबस्यक रहेको र शिक्षाको लागीनै आफू दिन रात लागि परेको श्रेष्ठले बताए । नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव सान श्रेष्ठले नेकपा ऐमालेको स्थानिय सरकार हुदा देवघाटको विकासमा धेरै अगाडि बढेको बताए । नेकपा एमालेको स्थानिय सरकारमा हुुुदा देवघाटको मुहार फेरेको कुरा यथार्थ कुरा रहेको र जो नेकपा एमाले सरकार विना बिकासको गतिविधिहरु सोच्न पनि नसक्ने श्रेष्ठले बताए । नेकपा एमालेका कार्यकर्ताहरु शुद्ध भएको र असल र इमान्दार हुन पर्ने श्रेष्ठले बताए । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगिको मुद्दामा मुछिएको र त्यसको न्यायको लागि भन्दै पछिल्लो समयमा रास्वपाबाट हस्ताक्षर गर्दै हिडेको त्यसमा हस्ताक्षर गर्न भनेको पापको भार आफुले पनि लिनु बराबर रहेको श्रेष्ठले बताए । सो अभियानमा हस्ताक्षर नगर्न श्रेष्ठले आग्रह गरे ।
नेकपा एमाले वडा कमिटिका अध्यक्ष विकास ढकालले स्वागत मन्तव्य राख्दै देवघाटको मुहार फेरेको नेकपा एमालेको स्थानिय सरकार हुदा भएको बताए । नेकपा एमालेको जब जब सरकार हुन्छ तब देशको मुहार फेरिने ढकालले बताए । नेकपा एमाले रातामाटे सुन्दरवस्ती टोल कमिटिका अध्यक्ष मोहन सिंह आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन नेकपा एमाले वडा कमिटिका सचिव विष्णु मगरले गरेका थिए ।












