तनहुँ । साउन ११
नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति तनहुँले बन्दीपुर गाउँपालिकाको एक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको स्वागत एवं सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह २०८२ को उद्घाटन कार्यक्रमको अवसरमा निजामती कर्मचारी संगठनले बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभुत विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।




सो रकमको चेक आइतबार दमौलीमा आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपाने र नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीले उक्त विद्यालयका प्रअ दिपबहादुर केसी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगलाल थापालाई हस्तान्तरण गरेका थिए ।

संगठनलाई जिवन्त राख्न र जनतामाझ संगठनको उपस्थिती जनाउन तथा विपन्न विद्यार्थीको पठन पाठनमा सहयोग गर्न दुर्गम स्थानको उक्त विद्यालयमा अक्षयकोष स्थपना गरिएको संगठनका अध्यक्ष त्रिपाठीले बताए । सो विद्यालयमा ४१ जना विद्यार्थीहरु अध्ययनरत छन् । सो रकमको व्याजले विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराइने विद्यालयका प्रअ केसीले बताए ।

नेपाल निजामती कर्मचारी संगठन तनहुँका अध्यक्ष भगवान त्रिपाठीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा संगनठका गन्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुलीले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्ने सन्दर्भमा तल्लो तहका कर्मचारीहरुको गुनासोहरु समेत सम्बोधन हुने गरि छिटो भन्दा छिटो ऐन जारी गराउन पहल गर्न मन्त्री न्यौपाने समक्ष अनुरोध गरेका थिए ।

सो कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेल, गण्डकी प्रदेश कमिटि सदस्य देवु विष्ट, जिल्ला कमिटि सचिव प्रदिप राज अधिकारी, नेकपा एमाले जिल्ला सदस्य एवं भुमी समस्या समाधान आयोग जिल्ला समिति तनहुँका विज्ञ सदस्य श्रीराम कार्की, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश ईञ्चार्ज भरत प्रसाद भूसाल, सह–ईञ्चार्ज तेज प्रसाद निउरे, के.स.तथा तनहुँ ईञ्चार्ज विजय कुमार श्रेष्ठ, सह–ईञ्चार्ज पार्वती पौडेल, के.स. तिलक प्रसाद आचार्य, गण्डकी प्रदेश समितिका सचिव पुष्प खनाल, लेखापरीक्षण आयोगका संयोजक रुद्र सिंह ठकुरी, नेपाल निजामती कर्मचारी संगठन कास्की अध्यक्ष रामचन्द्र पहारी, म्याग्दीका अध्यक्ष सोम बहादुर के.सी., पूर्व केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सल्लाहकार समितिका सदस्य निलकण्ठ पौडेल, नेपाल निजामती कर्मचारी संगठन तनहुँका सल्लाहकार समितिका संयोजक सुनिल पाण्डे, सल्लाहकार सदस्य श्रीकान्त न्यौपाने, स्थानीय तह महासंघ केन्द्रीय सदस्य कृपाहरि लौडारी लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सन्चालन संगठनका सचिव विष्णुबहादुर केसीले गरेका थिए ।















