भिमाद नगरपालिकाको वार्षिक नगर विकास योजना सार्वजनिक

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १५

भिमाद नगरपालिकाको वार्षिक नगर विकास योजना पुस्तिका सार्वजनिक गरिएको छ । विहिबार नगरपालिकाको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि नगरपालिकाको २० औं नगर अधिवेशनबाट आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत वार्षिक नीति तथा कार्यक्रम र बजेट (वार्षिक नगर विकास योजना पुस्तिका) सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा पुर्वमन्त्री किरण गुरुङले भिमादको वार्षिक नगर विकास योजना पुस्तिका सार्वजानिक गरेका थिए । सो कार्यक्रममा बोल्दै पुर्वमन्त्री गुरुङले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएका विषयलाई केन्द्रित गर्दै बजेट कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको समयमा उत्पादनमुलक क्षेत्रमा लगानी गरि नगरवासीले उच्चतम लाभ लिन सक्ने खालका योजना ल्याउनुपर्ने उल्लेख गरे । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गन्डकी प्रदेशका इन्चार्ज समेत रहेका गुरुङले स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रित रहि तीन वटै सरकारसँग समन्वय गरी विकासका योजना कार्यान्वय गरेर समृद्ध भिमाद बनाउनतर्फ लाग्न आग्रह गरे ।

नेता गुरुङले संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न संसदले कानुन बनाउनुपर्नेमा सो अनुरुप कानुन बन्न नसक्दा संघीयतामाथि प्रश्न उठिरहेको टिप्पणी गरे । उनले स्थानीय तहले कृषि, पर्यटन र पुर्वाधार विकासमा जोड दिनुपर्ने बताए । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको हुँदा स्थानीय तहका नीति तथा कार्यक्रमहरुले जनताको आधारभुत आवश्यकता सम्बोधन गर्नुपर्ने पुर्वमन्त्री गुरुङले बताए । गुरुङले वर्तमान सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वसँगै आर्थिक र पुर्वाधार विकासमा सरकार लागि परेको बताए । दुई ठुला पार्टीहरुको गठबन्धनको सरकार प्रति जनतामा ठुलो आशा जागेको भन्दै उनले सरकारले पनि सोही अनुसार काम गरिरहेको बताए ।

भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले नगर विनियोजित बजेट समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक रहने बताए । नगर प्रमुख सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख शारदा खनाल, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, नेकपा एमालेका केन्द्रीय सल्लाहाकार एवं बरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, वडा नम्बर ३ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता पदम सेन ठकुरी, नेपाली काङ्ग्रेस भिमाद नगर कार्य समितिका सभापति अरविन्द्र श्रेष्ठ, नेकपा एमाले भिमाद नगर कमिटी अध्यक्ष इमान बहादुर थापा, नेकपा माओवादी केन्द्र भिमादका अध्यक्ष अमृत सिग्देल, राष्ट्रिय जनमुक्तिका मुक्त बहादुर थापा, नेकपा एसका मनिलाल थापा, जनज्योती क्याम्पसका क्याम्पस प्रमुख केशव काफ्ले, जनज्योती माविका सहायक प्रधानाध्यापक सुरज लम्साल, तनहुँ प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र