घिरिङका जन्मजात ओठ, जिब्रो र तालु फाटेका बिरामीलाई निःशुल्क प्लाष्टिक सर्जरी उपचार

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, साउन १५

घिरिङ गाउँपालिकाका जन्मजात ओठ तथा जिब्रो फाटेका र तालुमा प्वाल भएका बिरामीका लागि निःशुल्क प्लाष्टिक सर्जरी सहितको उपचार हुने भएको छ । सेवा फाउण्डेशन र बयोधा हस्पिटल काठमाडौँको टोलीले घिरिङ गाउँपालिकाको समन्वयमा बिहीबार सुन्धारा स्वास्थ्य चौकीमा बिरामी छनोट शिविर सम्पन्न गरेको हो ।

शिविरबाट घिरिङका दुई जना बिरामी छनोट भएका छन् । उनीहरूलाई बयोधा हस्पिटल काठमाडौँमा निःशुल्क शल्यक्रिया सहित उपचार गरिने घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

वडा नम्बर ३ का अध्यक्ष तहल सिंह थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उपाध्यक्ष अधिकारीले कुनै पनि बिरामी आर्थिक अभावका कारण उपचारविहीन हुनु नपर्ने उल्लेख गर्दै गाउँपालिका सँग समन्वय गर्न सबैलाई आग्रह गरिन् । साथै यस्ता निःशुल्क स्वास्थ्य शिविरहरूमा अनिवार्य स्वास्थ्य परीक्षण गराउन पनि अपिल गरिन् ।

शिविरमा वडा नम्बर ५ का अध्यक्ष विष्णुवीर आले, वडा नम्बर ४ का अध्यक्ष भीम बहादुर कुमाल, स्वास्थ्यकर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन