नेपालमै पहिलो पटक तनहुँमा राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १५

स्थानीय तहबाट नै राष्ट्रिय परिचय पत्र वितरण गर्ने तनहुँ पहिलो र एकमात्र जिल्ला बनेको छ । अन्य जिल्लाले जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचय पत्र वितरण गर्दै आएकोमा तनहुँले भने जिल्लाका १० वटै स्थानीय तहबाट परिचय पत्र वितरण गरेको छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको पालाबाट सुरु भएको परिचय पत्र वितरण कार्य त्यसपछिका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा र हालका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको पालामा पनि निरन्तरता भईरहेको छ ।

स्थानीय तहबाट राष्ट्रिय परिचय पत्र वितरणको लागि सम्बन्धित स्थानीय तहलाई प्रशासनले उपकरण व्यवस्था गरिएको र जनशक्ति भने सम्बन्धित स्थानीय तहले नै उपलब्ध गराएका छन् । स्थानीय तहको कार्यालयबाट परिचय पत्र वितरण गरिँदै आएको छ । भानु नगरपालिकाले भने वडा तहमा शिविरको आयोजना गरि परिचयपत्र वितरण सुरु गरेको छ ।

तनहुँमा हालसम्म ६४ हजार ६८१ थान परिचय पत्र वितरणकोलागि स्थानीय तहमा पठाईएको छ । जसमा व्यास नपामा १४ हजार ९५९, भानु नपामा ९ हजार ३९३, भिमाद नपामा ७ हजार ७७५ र शुक्लागन्डकी नपामा ७ हजार २९३ थान परिचय पत्र वितरणकोलागि पठाईएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए ।

यसैगरि ऋषिङ गाउँपालिकामा ६ हजार ४७८, म्याग्देमा ५ हजार ४१३, बन्दीपुरमा ४ हजार ३४०, घिरिङमा ३ हजार ८०४, आबुँखैरेनीमा ३ हजार १३७ र देवघाट गाउँपालिकामा २ हजार ८९ थान परिचयपत्र वितरणकोलागि पठाईएको छ । सबै पालिकामा ६४ हजार ६८१ थान परिचय पत्र पठाईएकोमा पालिकाले भने २० दशमलव ९५ प्रतिशत अर्थात १३ हजार ५५० थान मात्रै वितरण गर्न सकेका छन् ।

स्थानीय तहबाट नै राष्ट्रिय परिचय पत्र वितरण गरिँदा सेवाग्राहीलाई सहज हुने र जिल्ला प्रशासन कार्यालयको कामको बोझ पनि केही कम हुने प्रजिअ अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र