देवघाट र बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १७

तनहुँको देवघाट र बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार उनीहरुको सरुवा गरेको हो ।

मन्त्रालयले जारी गरेको सुचना अनुसार बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यको निर्वाचन आयोग (अन्तर्गत) र देवघाटका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतको रुपन्देहीको रोहिणी गाउँपालिकामा सरुवा भएको हो । बस्नेत गत चैत अन्तिम साता देवघाटको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएर आएका थिए ।

देवघाटको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा कपिलबस्तुको मायादेवी गाउँपालिकाबाट कालिका तिमिल्सेना लम्सालको सरुवा भएको छ भने बन्दीपुरमा केही दिन भित्रैमा मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाउने भएको छ । यादव १५ महिना अघि बन्दीपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता