कर्मचारी सरुवा मापदण्ड अनुसार हुनेः मन्त्री न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा मापदण्डअनुसार हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालले बुधबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री न्यौपानेले कर्मचारी सरुवामा यसअघि हुने गरेको बेथितिलाई अन्त्य गरिने बताउनुभयो ।

’यो मन्त्रालयसँग सम्बन्धि विभिन्न प्रश्नहरु यस अघि पनि उठ्ने गरेको छ’ मन्त्री न्यौपानेले भन्नुभयो ’ मन्त्रालयको काम कर्मचारी सरुवा र बढुवाको मात्रै काम हो कि भन्ने बुझिन्छ, त्यो भ्रम तोडेर अगाडि जानु छ ।’ सरुवामा गुनासो नआउने गरि मापदण्ड बनाईएको र सुरुवामा पुर्व अनुमानयोग्य बनाईने मन्त्री न्यौपानेले बताउनुभयो ।

चुनौतीको बिच मन्त्रालय सम्हालेको भन्दै मन्त्री न्यौपानेले भन्नुभयो ’म उभिएको ठाउँमाथि चुनौतीको आगो बलेको छ, त्यहि आगोमा उभिएर अगाडि बढ्ने हो । कसैले पनि लोभ, लालचमा फकाउने र फसाउने काम हुन दिन्न ।’

मन्त्रालयका ६ वटा महाशाखाबाट ब्रिफिङ लिने काम भएको र अबको कार्ययोजनाको बारेमा जानकारी लिईसकेको भन्दै मन्त्री न्यौपानेले अब कामको रफ्तारलाई अगाडि बढाउने बताउनुभयो । संघियतालाई बलियो बनाउने र संघियता स्थायित्व दिने विषयमा पनि संघियता कार्यान्वयन भएका अन्य मुलुकहरुको अभ्यास कस्तो छ भन्ने बारेमा पनि अध्ययन गरिने उहाँले बताउनुभयो ।

कर्मचारीमा शुसासनको विषयमा तथा जनताको काम सम्पादन गर्ने विषयमा प्रश्न उठेको भन्दै उहाँले जनताको कामलाई कुनै पनि बाहानामा आलटाल गरेमा आफुले नसहने उहाँले बताउनुभयो । कर्मचारीको सेवा प्रति जनताको गुनासो सुनुवाइको व्यवस्थाको लागि पहिलोपटक मन्त्रालयमा गुनासो व्यवस्थापन संयन्त्र बनाईएको छ ।

अझैपनि करिब १ सय स्थानीय तहले बजेट तथा कार्यक्रम ल्याउन नसकेको भन्दै मन्त्री न्यौपानेले बजेट ल्याउन नसक्ने स्थानीय तहको समस्या समाधान गर्न मन्त्रालयका तिन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरिएको र बुधबारबाट उक्त टोली परिचालन भईसकेको उहाँले जानकारी दिनुभयो । उक्त टोलीले पालिकाको समस्या समाधान गरेर बजेट पारित गर्न सुझाब दिने उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश पाण्डे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित, सन्चारिका समुहकी अध्यक्ष कमला पन्थी, आदिवासी जनजाती पत्रकार महासंघका अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा लगायतले मन्त्री न्यौपानेलाई विभिन्न विषयमा सुझावहरु दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको