भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिन भित्र पुनः निवेदन दिन सक्ने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिन भित्र पुनः निवेदन दिन सक्ने भएका छन् । भूमि समस्या समाधान आयोग ताहाचल, काठमाडौंले अन्तिम पटकको लागि भन्दै सुचना प्रकाशन गरि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले ३५ दिन भित्र पुनः निवेदन दिन सक्ने जनाएको हो ।

भूमि समस्या समाधान आयोगले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि कार्य सहमतिपत्र अनुसार सम्झौता भइसकेका सम्पूर्ण स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्त गर्नका लागि आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेश गर्नु हुन आयोगले प्रकाशन गरेको सुचनामा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर