बन्दीपुर गाउँपालिकाको इन्धन खर्चबारे चर्चाः के हो वास्तविकता ?

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २

बन्दीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले तोकिएको मापदण्डभन्दा बढी इन्धन प्रयोग गरेको विषय हालै सार्वजनिक चर्चामा आएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको २०८०/०८१ सालको लेखापरीक्षण प्रतिवेदनमा “सवारी साधन कम तर इन्धन प्रयोग धेरै” भएको उल्लेख गरिएको छ ।

विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि हामीले गाउँपालिकासँग बुझ्ने प्रयास गर्दा अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरले अन्य पालिकाको तुलनामा समग्रमा मितव्ययिता अपनाएको दाबी गरे। उनले भने, “व्यक्तिगत प्रयोजनका लागि इन्धन प्रयोग गरिएको छैन । प्रमुख प्रशासकीय अधिकृतदेखि विभिन्न शाखाका प्रमुखसँग अनुगमनमा जाँदा अन्य सवारी नभएकाले सबै काम सीमित साधनमै गर्नुपरेको हो । त्यसैले रेकर्ड अध्यक्ष र उपाध्यक्षकै सवारीमा देखिएको हो । महालेखाले त्यसै आधारमा बढी देखाएको हो ।” अध्यक्ष थापाले समाचार सम्प्रेषण गर्दा वास्तविकता अनुसार तथ्य प्रस्तुत गर्न आग्रह गरे ।

यस्तै उपाध्यक्ष पञ्चमाया गुरुङले पनि जनताकै सेवाबाहेक अन्य कामका लागि सवारी साधन र इन्धन प्रयोग नभएको दाबी गरिन् । उनले थपिन्, “अन्य शाखाले प्रयोग गर्ने इन्धन समेत मलेप प्रणालीमार्फत अध्यक्ष र उपाध्यक्षकै नाममा आएको देखिन्छ । तर, इन्धन सबै गाउँपालिकाको सेवा प्रयोजनका लागि मात्र खर्च भएको हो ।”

गाउँपालिकाले प्रशासनिक कामकाजसँगै बन्दीपुर अस्पताल, इलाका प्रहरी कार्यालय बन्दीपुर, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका सेवाहरू नियमित रूपमा टोलटोलमै पु¥याउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता