म्याग्दे गाउँपालिकाले एकिकृत घुम्ती शिविर सन्चालन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ५

म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि घुम्ती शिविर सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत भएको कार्यक्रम अनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम अन्र्तगत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा मात्र सञ्चालन गर्ने गरी एकिकृत घुम्ती शिविर सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । भदौ १६ गतेबाट सन्चालन हुने उक्त एकिकृत घुम्ती शिविरमा सहभागी भई सेवा लिनुहुन सरोकार सवैलार्ई गाउँपालिकाले अनुरोध गरेको छ ।

शिविर वडा नम्बर १ मा भदौ १६ र १७ गते, वडा नम्बर २ मा भदौ १८ र १९ गते, वडा नम्बर ३ मा भदौ २२ र २३ गते, वडा नम्बर ४ मा भदौ २४ र २५ गते हुने छ । यसैगरि वडा नम्बर ५ मा भदौ २६ र २७ गते, वडा नम्बर ६ मा भदौ २९ र ३० गते तथा वडा नम्बर ७ मा भदौ ३१ र असोज १ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

सम्बन्धित वडाले तोकेको ग्रामिण इलाकाहरुमा बढिमा ४ स्थानमा हुने शिविरमा वडा तहवाट घट्ना दर्ता, राजश्व संकलन, विभिन्न सिफारिसहरु हुनेछ । यसैगरि स्वास्थ्य र आयुर्वेद शाखावाट सवै प्रकारका स्वास्थ्य परिक्षण, औषधि वितरण, पशु र कृषि उपशाखा वाट विभिन्न शाखागत सेवाहरु, विभिन्न परिक्षण, विउविजन वितरण हुनेछ ।

यसैगरि उद्यम विकास शाखावाट व्यवसाय दर्ता तथा नविकरण, महिला वालवालिका उपशाखावाट विभिन्न परिचय पत्र वितरण र अन्य सरोकार शाखावाट विभिन्न सेवा सरोकार तथ्याङ्क संकलन, अनुगमन, गुनासो सुनुवाई छलफल हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो