लिसाको नतिजा आज सार्वजानिक गरिने, एलजिपिएस शुभारम्भ हुने

Devghat Online

शेयर गरौ

काठमाडौं । भदौ ६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को नतिजा आज सार्वजानिक गर्ने भएको छ । मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोजना गरि लिसाको नतिजा सार्वजानिक गर्ने भएको हो ।

उक्त अवसरमा लिसामा छनौट भएका पालिकाहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलको सभाहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सम्मान गर्ने कार्यक्रम रहेको छ । सम्मान लिनका लागि छनोटमा परेका पालिकाहरुबाट नगर प्रमुख वा पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई निमन्त्रणा गरिएको छ ।

गत आर्थिक वर्षको स्थानीय तह संस्थागत क्षमता स्वस्मूल्यांकन (लिसा) र वित्तीय जोखिम मूल्यांकन (एफआरए) को कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरी सर्वोकृष्ट गाउँपालिका र नगरपालिकाहरूलाई कदर पत्र प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

गाउँपालिका/नगरपालिकाको कार्यप्रकृया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले कार्यान्वयनमा रहेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व. २०८०/०८१ को नतिजाको गुणस्तर परीक्षणको कार्य आ.व २०८१/०८२ मा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय श्रोतका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आ.व.२०८०/०८१ को नतिजामा चितवनको खैरहनी नगरपालिका प्रथम भएको छ । त्यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका दोश्रो तथा अघिल्लो आर्थिक वर्षमा प्रथम भएको धादिङको नीलकण्ठ नगरपालिका यस पटक तेस्रो भएको छ । त्यस्तै स्याङजाको अर्जुन चौपारी गाउँपालिका चौथो र धादिङकै बेनीघाट गाउँपालिका पाँचौ र गुल्मीको रुरुक्षेत्र गाउंपालिका छैटौ स्थानमा छनोट भएको छ ।

उक्त अवसरमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली एलजिपिएसको शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको छ । विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्यांकन गर्ने गरी कार्यविधि र प्रणालीहरु रहेकोमा चालु आर्थिक वर्षबाट तीनवटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रकृयामुखी सूचकहरुलाई परिमार्जन गरी व्यवहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासान कार्यसम्पादन प्रणाली (एलजिपिएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयमा आयोजित उक्त कार्यक्रममा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली (एलजिपिएएस) को शुभारम्भ समेत गरिने भएको छ । मन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा स्थानीय तहको संस्थागत क्षमता विकास तथा सुशासन, वित्तीय जोखिम र स्थानीय आर्थिक विकासको अलग अलग मूल्यांकन गर्ने गरी कार्यविधि र प्रणालीहरू रहेकामा चालु आर्थिक वर्षबाट तीनवटै क्षेत्रलाई एकीकृत गरी विगतका प्रक्रियामुखी सूचकहरूलाई परिमार्जन गरी व्यावहारिक, वस्तुगत र नतिजामुखी बनाई स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्ने गरी नयाँ कार्यविधि र प्रणाली तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता