बन्दीपुर केवलकारको तीज गीत प्रतियोगितामा व्यासज्योती धर्म जागरण समुह प्रथम

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ११

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तीज सप्ताहन्न उत्सव–२०८२ अन्तर्गत आयोजित खुल्ला तीज गीत प्रतियोगितामा दमौलीको व्यासज्योती धर्म जागरण समुह प्रथम भएको छ । मंगलबार भएको फाईनल प्रतियोगितामा अन्तिम फाइनालिष्ट अन्य ७ टिमलाई पराजित गर्दै व्यास ज्योती प्रथम हुन सफल भएको थियो ।

प्रतियोगितामा युनाइटेड क्लब पोखरा द्वित्तिय तथा युनेस्को युवा क्लब पुर्कोटले तृतिय स्थान हासिल गरेको थियो । ऋषिङ पाटन आमा समूहले सान्त्वना स्थान हासिल गरेको छ । उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र स्वान्त्वना स्थान छनौटको लागि निर्णायको अंक र दर्शकको भोटलाई आधार मानिएको थियो ।

प्रतियोगितामा २८ टिमको सहभागिता रहेकोमा उत्कृष्ट ८ टिमहरु युनाइटेड क्लब पोखरा, पुर्कोट युनेस्को क्लब भानु नपा–९, ब्यास ज्योति जागरण समुह, भादगाउँ दराइ महिला समाज, दुम्सी दराइ होमस्टे, क्षेत्री समाज महिला समुह तनहुँ, हरिहर महिला समुह डुम्रे र ऋषिङ पाटन आमा समुहलाई फाईनलमा सहभागि गराईएको थियो ।

प्रतियोगिताको बिजेताले नगद रु १ लाख ११ हजार १ सय ११ रुपयाँ, द्वित्तीयले रु ५५ हजार ५ सय ५५, तृतीय रु २५ हजार ५ सय ५५ र सान्त्वनाले रु ११ हजार १ सय ११ रुपैया र प्रमाणपत्र प्राप्त गरेको आदियोगी प्रज्ञधामका एबं बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रतियोगितामा सहभागी सबै टिमलाई बन्दीपुर केवलकारको तर्फबाट २० वटा टिकट समेत उपलबध गराईएको अध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास