परमानन्दका श्रीधर पाण्डेयलाई नगद रु.५१ हजार सहित विनाजा पुरस्कारद्वारा सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १४

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ (संस्कृत) को वार्षिक परीक्षामा वि.सं २०८१ सालमा देशभरमा सर्वाधिक जि.पी.ए. प्राप्त गरेका श्री परमानन्द संस्कृत गुरुकुल देवघाटमा अध्ययनरत छात्र श्रीधर पाण्डेयलाई संस्कृत विकास कोषद्वारा नगद रु.५१हजार सहित विनाजा पुरस्कार–२०८१ प्रदान गरिएको छ । भाद्र १४ गते शनिबार श्रीहरिहर सन्न्यास आश्रम देवघाटधाम तनहुँमा आयोजित एक विशिष्ट समारोहका बीच उक्त पुरस्कार प्रदान गरिएको हो।

नेपाल सन्त समाजका अध्यक्ष एवं श्री हरिहर सन्न्यास आश्रमका पिठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले उक्त पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा संस्कृत विकास कोषका सचिव ओमप्रकाश कडरियाले त्यस संस्थाको उद्देश्य संस्कृत विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु हो भनी प्रष्ट पारे।

गुरुकुलका प्राचार्य स्वामी सच्चिदानन्द सरस्वतीका अनुसार विगतका वर्षमा पनि परमानन्द गुरुकुलले पाँच पटकसम्म उक्त पुरस्कार प्राप्त गरेको थियो । उक्त कार्यक्रममा संस्कृत विकास कोषका कोषाध्यक्ष निरञ्जनकुमार चौधरी तथा कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिद्वारा प्रमाणपत्र सहित चेक हस्तान्तरण गरिएको थियो।

गुरुकुलका प्रधानाध्यापक डा. विमलानन्द सरस्वतीद्वारा स्वागत गरिएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कृष्णदेव पाण्डेयले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण