लक्षचण्डी विराट महायज्ञ सफल बनाउन देवघाटका संघसंस्थासँग छलफल

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १४

देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमद्वारा आगामी माघ १८ देखी फागुन १७ गतेसम्म देवघाटमा आयोजना हुने ‘लक्षचण्डी विराट् महायज्ञ २०८२’ (एक लाख चण्डीपाठ सहित अन्य विविध धार्मिक कार्यक्रम) लाई सफल बनाउन शनिबार देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेका धार्मिक एवम् सामाजिक संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

उक्त कार्यक्रममा महायज्ञका सङ्कल्पकर्ता एवं गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले अष्टाङ्ग योगसिद्ध योगिराज गलेश्वर बाबाको ध्यान–तपस्याको महाशक्तिले सदियौँदेखि उज्यालो फैलाउँदै आएको यस पुण्यभूमिमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि र आत्मकल्याण रहेको बताए ।

महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजका अनुसार,‘गलेश्वर आश्रमको शतवार्षिकोत्सव अवसरमा आयोजना हुने उक्त लक्षचण्डी विराट् महायज्ञले धर्म, संस्कार र राष्ट्रिय एकतालाई बलियो बनाउनेछ । यो महायज्ञ केवल धार्मिक उत्सव मात्र होइन, यो सनातन परम्पराको संरक्षण र आगामी पुस्तालाई आध्यात्मिक चेतनाको सन्देश दिने अभियान पनि हो ।’

पवित्र धार्मिक तिर्थस्थल देवघाटमा नेपालमै पहिलो पटक ऐतिहाँसिक लक्षचण्डी विराट् महायज्ञ हुने भएको छ । देवभुमिको रुपमा चिनिने देवघाटमा गलेश्वर आश्रमको शतवार्षिकोत्सवको अवसरमा आश्रमको आयोजनामा आगामी माघ १८ देखी फागुन १७ गतेसम्म नेपालको इतिहाँसमै पहिलो लक्षचण्डी विराट् महायज्ञ हुने भएको हो ।

गलेश्वर आश्रमले आफ्नो सयौँ वर्षको गौरवपूर्ण यात्रालाई स्मरण गर्दै यस महाआयोजनालाई ऐतिहासिक र भव्य बनाउन विशेष तयारी गरेको स्वामीजीले जानकारी दिएका छन् । उक्त महायज्ञका क्रममा लक्षचण्डी विराट् महायज्ञ, धार्मिक–आध्यात्मिक विद्वगोष्ठी, एक लाख श्रीमहागणपति अथर्वशीर्ष पाठ, शतकुण्डीय (सय कुण्डीय) हवन, कन्या पूजन, धार्मिक सांस्कृतिक समारोह तथा सनातन परम्पराका अनुशासकीय कृत्यहरू सञ्चालन गरिनेछन् ।

कलियुगमा भगवती महामाया चण्डी एवं भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यताको अनुसरण गर्दै आश्रमले उक्त महायज्ञ आयोजना गर्न लागेको हो । गलेश्वर आश्रम स्थापनाको शतवार्षिकीको अवसरमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि, आत्मकल्याण, राष्ट्रवासीको सर्वांंगीण विकास तथा विश्वबन्धुत्वको भावना जागरण गर्नु रहेको छ ।

उक्त कार्यक्रममा देवघाटका विभिन्न धार्मिक तथा संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नेपालको इतिहाँसमै पहिलो पटक ‘लक्षचण्डी विराट् महायज्ञ’ आयोजना गरिएको हुँदा यो महायज्ञ देवघाटको गौरवको विषय भएको हुँदा सबैले उक्त धार्मिक महायज्ञलाई सफल पार्न सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास