काठमाडौं । भदौ १७
संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मंगलबार दिउसो सर्वसम्मत पारित गरेको विधेयकको प्रतिवेदन समितिका सभापति तुलसाकुमारी दाहालले दिउँसो बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा पेश गरेकी थिईन ।



पहिलो बैठक १५ मिनेटका लागि स्थगित भए लगत्तै बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले विधेयकमाथी छलफल गरियोस भन्ने प्रस्ताव गरेकी थिईन ।
मन्त्री न्यौपानेले प्रस्ताव पेश गरे लगत्तै सांसद कृष्णबहादुर रोकाया, गोपीबहादुर अछामी, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, पदमबहादुर परियार विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द लगायतका सांसदले छलफलमा भाग लिएका थिए । उनीहरुले राखेको धारणमा मन्त्री न्यौपानेले जवाफ दिएकी थिइन् ।

लगत्तै मन्त्री न्यौपानेले विधेयक पारित गरियोस भन्ने प्रस्ताव पेश गरेपछि सर्वसम्मतबाट पारित भएको हो । राष्ट्रिय सभाबाट पारित उक्त विधेयक सन्देशसहित अव प्रतिनिधि सभामा पठाइने छ ।
प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन् । त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ ।
बिधेयक पारित गर्न अहोरात्र खटिने सांसदहरु तथा सम्पुर्ण कर्मचारीहरुलाई मन्त्री न्यौपानेले धन्यवाद दिएकी छिन् ।












