जलेको वडा कार्यालयलाई डिजी लिंकको कम्प्युटर सहयोग

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २९

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ को कार्यालयलाई डिजी लिंक नेटवर्क प्रालिले कम्प्युटर सेट सहयोग गरेको छ । जेन–जी प्रदर्शनकारीले तोडफोड र आगजनी गरेर ध्वस्त बनाइदिएको वडा कार्यालयलाई सेवा सुचारु गर्नका लागि डिजी लिंकले कम्प्युटर सेट सहयोग गरेको हो ।

आइतबार डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले शुक्लागण्डकी–९ का वडाध्यक्ष धनबहादुर पुलामी ‘बाबुराम’ लाई सिपीयू, मनिटर, किबोर्ड, माउससहितको १ थान कम्प्युटर हस्तानतरण गरे ।

सामाजिक उत्तरदायित्व वहन गर्दै कम्प्युटर सहयोग गरेको वाग्लेको भनाइ छ । वडाबाट सेवा प्रवाह गर्ने कम्प्युटर जलेर नष्ट भएकाले सुचारु गर्नलाई कम्प्युटर दिएको उनले बताए । ‘देशभरका सरकारी संरचना प्रदर्शनकारीले जलाएर खरानी बनाएका छन् । हामी पूर्ववत् अवस्थामै फर्कनुपर्नेछ । त्यसका लागि हरेक नागरिकले सकेको सहयोग गर्नुपर्ने ठानेका छौं’, वाग्लेले भने ।

सबैको सहयोगबाट नै सहज रुपमा जनतालाई सेवा दिने प्रयासमा रहेको वडाध्यक्ष पुलामीले बताए । वडा कार्यालय जलेर ध्वस्त भएकाले नयाँ ठाउँबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा