भिमाद र म्याग्देमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तरक्रिया

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १२

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सहजीकरणमा ‘वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ बुधबार म्याग्दे गाउँपालिकामा सम्पन्न भयो ।

म्याग्दे गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता तथा आयोगका अध्यक्ष जुद्ध बहादुर गुरुङले स्थानीय तहमा स्रोत वितरण र वित्तीय पारदर्शिताका सिद्धान्त, संघीय प्रणालीमा राजस्व बाँडफाँटको प्रक्रिया र त्यसका मापनका सूचकाङ्कबारे जानकारी दि एका थिए ।

उनले सूचकहरूबारे सचेत नगरपालिकाहरूले अझ बढी वित्तीय स्रोत हासिल गर्न सक्ने सम्भावना रहेको विषयमा प्रकाश पारे । सो अवसरमा स्थानीय तहमा वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, स्रोत व्यवस्थापनमा पारदर्शिता तथा आगामी वर्षका योजनामा वित्तीय सूचकहरूको प्रयोगको बारेमा जानकारी प्रदान गरिएको थियो । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

यसअघि भिमाद नगरपालिकाको आयोजनामा मंगलबार उक्त कार्यक्रम भिमाद नगरपालिकामा समपन्न भएको थियो । पूर्वमन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र