सात दिने सूचनाले सुकुम्बासीमा हलचल, महानगरले बल प्रयोग गरे प्रतिवाद गर्ने चेतावनी

Devghat Online

शेयर गरौ

काठमाडौं । कार्तिक १४

काठमाडौँका धोबीखोला, बागमती नदी किनारका बनेका अवैधानिक संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र उपत्यका विकास प्राधिकरणले सात दिने सूचना जारी गरेपछि हलचल मच्चिएको छ ।

खासगरी नदी किनारा आसपासमा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने हिसाबले अवैध संरचना हटाउन सूचना जारी गरेपछि सुकुम्वासी समुदायले कडा आपत्ति जनाएको छ ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका महासचिव अर्जुन कुँवरले महानगर र प्राधिकरणले निकालेको सूचना आफूहरूले नमान्ने बताए । उनकाअनुसार यो सूचना राज्यको कानुनी प्रक्रिया र सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका विपरीत जारी गरिएको छ ।

राष्ट्रिय भूमि आयोग र काठमाडौँ महानगरबिच सुकुम्वासी समस्या समाधानका लागि सहमति भएको तर सहमति कार्यान्वयन नगरी अहिले विस्थापनको सूचना आउनु गैरजिम्मेवार कदम रहेको उनको भनाइ रहेको छ ।

अध्यक्ष कुँवरका अनुसार राष्ट्रिय भूमि समस्या समाधान आयोगले भूमिहीन, सुकुम्वासी र अस्थायी बसोवासीका लागि लगत सङ्कलनको प्रक्रिया अघि बढाउँदै आएको थियो तर काठमाडौँ महानगरपालिकाले वडाहरूलाई लगत सङ्कलन रोक्न निर्देशन दिएर भूमिसम्बन्धी समस्यालाई समाधान गर्न खोजेन ।

हाल सर्वोच्च अदालतमा समेत भूमि आयोग खारेजीविरुद्ध दायर मुद्दा विचाराधीन रहेकाले अहिले जनतालाई आतङ्क सिर्जना महानगर प्राधिकरणले गर्न नहुने कुँवरले बताए ।

अध्यक्ष कुँवरका अनुसार बागमती, धोबीखोला लगायतका किनारमा दशकौँदेखि बसोबास गर्दै आएपनि त्यहाँ राज्यले बिजुलीदेखि सबै सुविधा दिएकाले विस्थापन गर्न मिल्दैन ।

अध्यक्ष कुँवरले भने,‘हामीमाथि सार्वजनिक जग्गा कब्जाको आरोप लगाइन्छ, तर राज्यकै वडाले घर नम्बर दिएका छन्, बिजुली र खानेपानी सुविधा दिएका छन् । हामी भोटर हौँ, कर तिरेका नागरिक हौँ । त्यसैले हामीलाई ‘अवैध संरचना’ बनाएको भन्न मिल्दैन ।’

उनकाअनुसार काठमाडौँका ठुला नेताहरू र धनाढ्यहरूले सार्वजनिक जग्गामा लालपूर्जा निकालेका छन् । तर राज्य मौन छ । गरिब नागरिकलाई मात्र आतङ्कित पारिए सुकुम्वासी मोर्चाले प्रतिवाद गर्नेछ ।

कुँवरले भने, “हामी सडकमा आउन चाहँदैनौँ, हामी वार्ताबाट समाधान खोज्न तयार छौँ । तर राज्यले कानुनी प्रक्रिया बेवास्ता गरेर बल प्रयोग गर्‍यो भने त्यसको प्रतिकार पनि जनताले गर्नेछन् ।”

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका अध्यक्ष कुँवरले भूमिहीनका समस्या समाधान गर्ने हो भने काठमाडौँ महानगरपालिकाले रोकिएको लगत सङ्कलन तुरुन्त सुरु गर्नुपर्ने भूमिहीन, सुकुम्वासी र अस्थायी बोसवासीलाई वर्गीकरण गरी पुनर्वासको व्यवस्था गर्नुपर्ने बताए ।

उनका अनुसार अहिले सर्वोच्चमा चलिरहेको मुद्दाको निर्णय नआउँदासम्म कुनै पनि संरचना हटाउनु मिल्दैन ।

संविधानले सुनिश्चित गरेको आवासको हकलाई सम्मान गर्दै वार्ता र सहकार्यमार्फत समाधान खोज्न उनले काठमाडौँ महानगरका साथै काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई आग्रह गरे ।

खोलाका किनाराका बस्तीहरू उठाउन आवश्यक रहेको र त्यसलाई व्यवस्थित गर्न नमिल्ने मोर्चाको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय