बन्दीपुुरमा कुटपिटबाट एकको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक १९

बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५८ बर्षीय खुसिमान गुरुङ रहेका छन् ।

सोही ठाउँका ७० बर्षिय खिमबहादुर गुरुङ र खुसीमान एक आपसमा झगडा गर्दा खिमबहादुरले खुसीमानलाई चिरपटले टाउकोमा हानेका थिए ।

चिरपटको चोटले लाग्दा घाइते भएका खुसीमानको उपचारको लागि बन्दीपुर अस्पताल ल्याइएकोमा थप उपचारको लागि मणिपाल अस्पताल पोखरा लगिएकोमा त्यहाँबाट उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उनको उपचारको क्रममा फिस्टेल अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कुटपिट गर्ने खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता