हजारौंको सहभागितामा देवघाटधाम गन्डकी परिक्रमा महोत्सव सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक १८

देवघाटको धार्मिक पर्यटन प्रबद्र्धन र बैदिक सनातन धर्म संस्कृतीको प्रचार प्रसार गर्ने उद्देश्य

हजारौं सर्वसाधरणको सहभागितामा मंगलबार देवघाटमा देवघाटधाम–गन्डकी परिक्रमा महोत्सव–२०८२ भव्यरुपमा सम्पन्न भएको छ । देवघाटधाम क्षेत्रको धार्मिक पर्यटनको प्रबद्र्धन गर्न उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो ।

 

मध्य नेपालको तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तिर्थस्थल देवघाटधाम र गन्डकी नदीको संगमको पुर्ण पावन उर्जा प्राप्त गर्न तथा संसारकै दुर्लभ तिर्थ देवघाटधामको धार्मिक महत्वको प्रबद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल सन्त समाजको आयोजना तथा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको समन्वय एवं यस क्षेत्रमा साधनारत रहेका सन्त माहात्माहरुको अगुवाईमा मंगलबार कार्तिक शुक्ल–बैकुण्ठ चतुर्दशीको अवसरमा उक्त देवघाटधाम गन्डकी परिक्रमा महोत्सव आयोजना गरिएको हो । त्रिशुली र कालिगन्डकीको संगम वेणी संगममा गणेश पुजन गरि उक्त कार्यक्रम शुभारम्भ गरिएको थियो ।

वेणी संगममा गणेश पुजन पश्चात गलेश्वर आश्रम परिसरमा आयोजित कार्यक्रममा सन्त महन्तहरुले देवघाटधाम र गन्डकीको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रममा गलेश्वर आश्रम देवघाटधामका पिठाधीश अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका पिठाधिश स्वामी रमणान्द गिरी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, गैडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरीराज लौडारी लगायतको उपस्थिती रहेको थियो ।

देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटधामको धार्मिक महत्व तथा भौतिक विकासलाई सम्बद्र्धन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रचार प्रसार गर्ने महोत्सवका अगुवा तथा महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए । देवघाटधामको पुर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, प्रसिद्ध मौलाकाली भगततीको दर्शन, पवित्र नदीहरुको दर्शन, धार्मिक नगरी नारयणगढको भ्रमण, रमणीय पर्वतको परिक्रमा गर्दै बैदिक सनातन धर्म र संस्कृतीको प्रबद्र्धन र प्रचार प्रसार परिक्रममा महोत्सवको मुख्य कार्यक्रम रहेको पौडेलले बताए ।

 

उक्त परिक्रमा कार्यक्रममा तनहुँ, चितवन र नवलपुरको देवघाटक्षेत्रमा रहेका धार्मिक सम्पदा, मठ, मन्दिर र गुम्बाहरुको परिक्रमा तथा आरधाना गरिएको थियो । गलेश्वर आश्रमबाट सुरु भएको उक्त पदयात्रा २७ किलोमिटरको पैदल यात्रा गरि पुनः तनहुँको देवघाट स्थित मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन भएको थियो ।

देवघाटधामको बेणी संगमबाट सुरु भएको उक्त गन्डकी परिक्रमा यात्रा अन्तर्गत तनहुँ तर्फ पशुपतीनाथ मन्दिर, गंगा मन्दिर, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), अभय सन्यास आश्रम (रामेश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), राम मन्दर, लक्ष्मीनारयण मन्दिर, देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर र बद्रिनाथ मन्दिर) को परिक्रमा गरिएको थियो ।

यस्तै चितवन तर्फ देवघाट बसपार्कको संकल्पेश्वर हनुमान मन्दिर, छेदेन थर्वालिङ गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मीनारयण मन्दिर, सिताराम संस्कृत मावि, कन्या गुरुकुल, धर्मदर्शन आश्रम, योगी नरहरीनाथ गौशाला बागेश्वरी मन्दिर, आपँटारी दियालो बंगाल चोक, गौरेश्वर शिव मन्दिर पोखराबसर्पाक, राजयोग सेवा केन्द्र नारयणगढ, हरिहर मन्दिर नारयणगढ, श्रीराम मन्दिर पुल्चोकको परिक्रमा गरिएको थियो ।

यसैगरि नवलपुर तर्फ गैडाकोट पुलचोकको गोपेश्वर महादेव मन्दिर, मौलाकालिका भगवती मन्दिर, वेदविद्याश्रम, शुकदेव भागवताश्रम, श्रीनिम्बाकाचार्य दर्शन केन्द्र, श्रीलक्ष्मीनृसिंह दिब्यधाम मन्दिर, बेसक्याम्प, केलादी क्षेत्र र हर्दी हुँदै पुनः तनहुँको देवपुरको साँढेबगर बौद्ध गुम्बा, भुबराह मन्दिर हुँदै मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आई समापन भएको थियो ।
गलेश्वर आश्रम देवघाटधामका पिठाधीश अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी तथा नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रम देवघाटधामका पिठाधीश श्री ज्ञानानन्द सरस्वतीले देवघाटधाम गन्डकी परिक्रमा महोत्सवको ठुलो महत्व रहेको बताए ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा.इश्वरराज लौडारी र पुर्व अध्यक्ष शिवराज पौडेलले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रबद्र्धनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्य मोक्ष प्राप्त हुने तथा मृत्यु पश्चात् यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दु धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिक ग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पुर्व अध्यक्ष पौडेलले बताए । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम गन्डकी परिक्रमा महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रबद्र्धन हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका आमा समुह, युवा क्लव, धार्मिक संघ संस्था, सामाजिक संघ संस्था, सामुदायिक वन लगायतले उक्त परिक्रममा महोत्सवमा व्यानर सहितको सहभागिता जनाएका थिए ।

उक्त गन्डकी परिक्रमा कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाट, जिल्ला प्रहरी कार्यालय चितवन, भरतपुर महानगर प्रहरी, जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवन, इलाका प्रहरी कार्यालय गैडाकोटले यात्रीहरुको सुरक्षा व्यवस्था मिलाएका थिए भने देवघाट गाउँपालिका, धर्मार्थ अस्पताल र नेपाल रेडक्रस सोसाईटी देवघाट शाखाले एम्बुलेन्सको व्यवस्था मिलाएका थिए । भोजनको व्यवस्था गलेश्वर आश्रम देवघाट, हरिहर मन्दिर नारयणगढ र मौलाकाली मन्दिर गैंडाकोटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङ गाउँपालिकाको स्पष्टिकरणः पोषण सम्बन्धी कार्यक्रममा थियौ, नियतबश सेवाग्राहीलाई कुराएको हैन

तनहुँ । जेठ २ घिरिङ गाउँपालिकाले सेवाग्राहीलाई कुराएको भन्ने सम्बन्धमा सामाजिक सन्जालमा भाईरल भएको एक